सिसेक्‍पा तङनामको अवसरमा शुभकामना आदानप्रदान

नयाँ बुलन्द

इलाम : किरात लिम्बू समुदायको चाड सिसेक्‍पा तङनाम येले तङवे ५०७८ (साउने सक्रान्ति २०७५) को अवसरमा किरात याक्थुङ चुम्लुङले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

किरात याक्थुङ चुम्लुङ इलामको कार्यालयमा आयोजित कार्यक्रमका वक्ताहरुले लिम्बू समुदायको लोप हुँदै गएको मौलिक संस्कार संस्कृतिको जगेर्नाका लागि पछिल्लो पुस्ता लागिपर्नुपर्ने आवश्यक रहेको बताएका थिए । कार्यक्रममा शुभकामना दिदैं वक्ताहरुले नेपालका हरेक चाडपर्व तथा रीतिरिवाज किरात लिम्बूको मौलिक संस्कृतिसँग जोडिएको उल्लेख गर्दै आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नसके मात्र लिम्बू जाति र भाषाको संरक्षणमा टेवा पुग्ने धारणा राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू , पूर्व उपाध्यक्ष तथा सल्लाहकार मोहनसिंह थेवे, इलाम नगर अध्यक्ष बखतबहादुर आङदेम्बे, लिम्बू विद्यार्थी मञ्‍च इलामका अध्यक्ष अतित योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ इलामका सचिव राम योङहाङले सञ्‍चालन गरेको कार्यक्रमको स्वागत सहसचिव याम माबोहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार