फ्रान्ससँग पराजित भएपछि क्रोयशियाका कप्तान लुका मोड्रिच आकाशतिर फर्केर रुँदा उनलाई हजारौँको संख्यामा दर्शकले साथ दिए

रुस विश्वकपका सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गर्दै उनको खेलको तारिफ गरिएको छ । गएराती सम्पन्न खेलमा फाइनलमा फ्रान्ससँग पराजित भएपछि कप्तान मोड्रिच आकाशतिर फर्केर निकै रुँदा उनलाई हजारौँको संख्यामा दर्शकले साथ दिएका थिए ।

र पनि उनी आँशु पुछेर मञ्चतिर उक्लिएर आफ्नो सम्मान लिए । फ्रान्सजस्तो अनुभवी र एक पटक विश्वकपको उपाधि चुमीसकेको र कुनै चर्चामा नै नरहेको आफ्नो देशलाई फाइनलसम्म लगेका लुका मोड्रिच रोइरहदा उनका देशका समर्थकहरु पनि उसैगरी रोइरहेका थिए । गोल्डन बल लिइसकेपछि उनलाई क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले अंगालो मार्दा उनी अत्यन्तै भावुक बनिरहेो देख्न सकिन्थ्यो । जुन तस्विरहरु अहिले भाइरल बनिरहोक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार