नयाँ बुलन्दको कार्यालय इलाम चोकबजारमा विस्तार

प्रकाश नेपाल

इलाम : बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेडद्वारा सञ्‍चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले इलाम चोकबजरस्थित मालापथमा सम्पर्क कार्यालय विस्तार गरेको छ ।

इलाम नगरपालिका ९ फुलगाछि मुख्य कार्यालय रहेको नयाँ बुलन्द डटकमले इलाम नगरपालिका ७ स्थित मालापथमा पनि आइतबारदेखि सम्पर्क कार्यालय स्थापना गरी सेवा सुचारु गरेको नयाँ बुलन्द डटकमले जनाएको छ ।

नयाँ बुलन्द डटकम नेपाल सरकार सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा दर्ता भई इलामबाट सञ्‍चालित एकमात्र अनलाइन पत्रिका हो । नयाँ बुलन्द डटकम सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएर सञ्‍चालित अनलाइन पत्रिका (डिजिटल न्यूज पोर्टल) हो । नयाँ बुलन्द डटकम १२ वैशाख २०७४ मा सूचना तथा प्रशारण दर्ता भएको थियो ।

२२ वैशाख २०७३ बाट परिक्षणका रुपमा अनलाइन समाचार सुरु गरेको नयाँ बुलन्द डटकम नेपाल सरकारद्वारा जारी अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालन निर्देशिका, २०७३ लागू भएपछि १२ वैशाख २०७४ मा आधिकारिक रुपमा दर्ता भएको हो ।

बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेड भने कम्पनी रजिस्ट्रार कार्यालयमा १३ चैत २०७३ मा नै दर्ता भएको थियो । कम्पनी रजिस्ट्रारबाट प्रमाणपत्र प्राप्त भएपछि आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय इलामबाट स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र लिएर प्रेस काउन्सिलमा सूचिकृत गरी अनलाइन दर्ताका लागि सूचना तथा प्रशारण विभागमा १५ चैत २०७३ मा नै आवेदन दिएको थियो ।

आवश्यक सबै प्रक्रिया पूरा भएपछि सूचना तथा प्रशारण विभागले नयाँ बुलन्द डटकमलाई १२ वैशाख २०७४ मा अनलाइन सञ्‍चारमाध्यम दर्ताको प्रमाणपत्र प्रदान उपलब्ध गराएको थियो । इलाम नगरपालिका-९ फुलगाछीमा मुख्य कार्यालय रहेको यस अनलाइन पत्रिकाका सम्पादक रामकुमार लिम्बू (योङहाङ) रहेका छन् ।

भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै स्थानीय स्तरका सत्य, तथ्य र निष्पक्ष सूचना आम जनतासामू पुर्‍याउने उद्देश्यका साथ जिल्लामा पहिलो पटक अनलाइन पत्रिका सुरु गरिएको सम्पादक योङहाङले जानकारी दिए । विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा नयाँ बुलन्द सधैं पहरेदार बन्‍ने सम्पादक योङहाङले बताए ।

नेपालमा यसअघि अनलाईन स‍ञ्‍चारमाध्यमलाई प्रेस काउन्सिलले सुचिकृत मात्र गर्दै आएको थियो । अनलाइन सञ्चारमाध्यम सञ्‍चालन निर्देशिका, २०७३ जारी भएपछि मात्र तत्कालिन सूचना विभागले अनलाइन दर्ता गर्न थालेको हो ।

नेपालमा हज्‍जारौंको संख्यामा अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालित रहेपनि कानुनी प्रक्रिया पूरा गरेर सञ्‍चालित अनलाइनको संख्या भने न्युन छ । कम्पनी दर्ता गरेर मात्र अनलाइन सञ्‍चारमाध्यम दर्ता हुने कानुनी प्रक्रिया रहेकाले अनलाइन दर्ता प्रक्रिया झन्झटिलो भने हुने गरेको छ । तर नयाँ बुलन्द डटकमले भने समयमै कानुनी प्रक्रिया पूरा गरेर सञ्‍चालित इलामको एकमात्र आधिकारिक अनलाइन पत्रिकाको रुपमा आफुलाई प्रमाणित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार