हर्कटेमा टोलसुधार समिति

 हर्कटे : रोङ ३ को हर्कटे र पाखागाउ लाई समेटेर टोल सुधार समिति गठन भएको छ ।

हर्कटेमा भएको स्थानीय बासीको एक भेलाले खड्ग प्रसाद सुबेदीको अध्यक्षतामा टोल सुधार समिति गठन भएको छ । समितिको उपाध्यक्षमा उषा पौडेल भूजेल, सचिबमा पुजन खवास र कोषाध्यक्षमा इन्द्रकुमारी आचार्य ढकाल चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा बिना श्रेष्ठ, गौरब शिवा, प्रबिण खवास, मञ्जु मुखिया, तेजमान खवास, बिमला लाम्गादे र उर्मिला भूजेल चयन हुनु भएको छ ।भेलाले टोल बिकास समितिको नाम समृध्द टोल बिकास समिति नामाकरण गरेको समितिका उपाध्यक्ष उषा पौडेल भूजेलले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार