बाँसका सामग्री हाटबजारबाट हराउँदै

इलाम इलामका ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेको बाँसका सामग्री बनाउने व्यवसाय अहिले संकटमा परेको छ ।

बाँसका सामग्री निर्माण गर्न कठिनाई हुने र ती सामग्रीले बजारसमेत नपाउँदा यो पेसा नै संकटमा परेको हो ।

बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहजरुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता सामग्रीले हाटबजारमा स्थान पाउन छाडेका हुुन् ।

बाँसका सामग्री बनाउँदा धेरै दुःख हुने र श्रम तथा लागतअनुसारको प्रतिफल नआउँदा यसप्रतिको आकर्षणमा कमी आएको इलाम सङ्रुम्बाका प्रेम लिम्बु बताउँछन् ।

बाँसका सामग्री बनाउने पेसा अँगाल्ने युवा पुस्ताको कमी भएका कारणले यो व्यवसाय संकटमा परेको हो ।

पेसा संकटमा परेसँगै बाँसबाट बन्ने चित्रा, डोको, थुन्छे, नाङ्लो, मान्द्रो, घुम, डालो र भकारी जस्ता सामग्रीको उत्पादन समेत न्यून हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार