रोङका जनप्रतिनिधिको  उत्साहप्रद एक बर्ष

गोबिन्द पौडेल 

रोङ : मुलुक संघियताको बाटोमा हिडेर स्थानिय निकायले जन प्रतिनिधिहरु पाएको र उनीहरुले एक आर्थिक बर्ष बिताउदा एक बर्षको कार्यकाल उत्साह प्रद रहेको बताएका छन् ।

 २०७४ श्रावण १ बाट स्थानिय तहको सबै बजेट सहितको कार्यभार संहालेको इलामको दशवटा स्थानिय निकाय मध्ये निक्कै बिकटमा ६ वटा वडाहरु रहेको रोङ गाउपालिकाका वडाध्यक्षहरुले सो कुरा बताएका हुन् । सबै वडाहरुमा भौतिक पूवाधार र सडकमा नै गत बर्ष जोड दिएका बताएका उनिहरुले कति योजनाहरु सहजै पुरा गरेको भएपनि केही पूरा गर्न नसकेको र आगामी बर्ष प्राथमिकतामा राखेको बताए ।

 वडा नं १ बुद्ध ढकालले आफुले गरेका  प्रतिबद्यता अनुसार बाटो घाटोको सुधार तिनघरे बुधबारे सडकको डि पी आर। रोङ १ र तीन जोड्ने बिरिङ खोलामा पक्की पुलको प्रकृया चालु बर्षमानै पुरा भएपनि तिनघरे  शान्तिपुर बरफल्याÄ सडकका चालु बर्षमानै ग्राभेल गर्न नसकिएको र नया बर्षमा अग्राधिकारमा राखिएको बताउछन् । यसैगरि किसानहरुलाइ पश ुबिमा र रोङ १र २ को सहकार्यमा दुग्ध चिस्यान केनद्र राख्न सकेकोमा गौरव ठानेका छन् । आगामी बर्ष अधुरो योजना पुरा गरेर नागरिकको आय आर्जन बृद्धिको कार्यक्र अगाडी बढाउने योजना बताए । यसैगरि रोङ २ का वडाध्यक्ष टेक बहादुर तामाङका अनुसार बाटो घाटो निमार्ण र झटारे खोलामा पुल महत्व पूर्ण काम भएको भन्दै बनेका सडकहरुलाइ सदाबहार बनाएर आर्थिब बृद्धिमा लाग्ने बताउछन् । यसैगरि वडा नं ३ का वडाध्यक्ष मात्रिका बराल पनि बाटोघाटो निमार्ण पहिलो प्राथमिकतामा रहेको र धामिक स्थल पाथीभराको ब्यवस्थापन कुटिडाडामा बिबिध ब्यवस्थापन कम्प्युटर तालिम खानेपानीको ब्यवस्थापनको कामनै बिगतका बर्षको उल्लेख योग्य रहेको बताउछन् । यता वटा नं ४ का अध्यक्ष सुर्य राइ भने शिक्षा क्षेत्रको बिकासमा वडामा रहेको बिद्यालयको स्तर र बिकासमा साथै बाटोघाटो निमार्ण बेतबासको तालिम संचालनका कार्यहरु बिगतका उल्लेखनिय कार्यहरु बताउछन् । यसै गरि वडा नं ५ का वडाध्यक्ष युवराज खाप्तुवा राइ पनि पहिलो बर्ष जनताको आधारभूत कुराहरु बाटोघाटो । बिजुलि ,संचार र कृषिमा गरिएका कामहरुनै प्रमुख कार्य बताउछन् । यसैगरि वडा नं ६ का वडाध्यक्ष मनि कुमार तामाङ   सुवास भने धजे  सलकपुर निन्दा सडक संचालन , चौतारा जौबारी खलिपे सडकको स्तर उन्नती, निन्दा खोलामा कचवे निमार्ण ,निन्दा जिर्मले कुवापानी मुर्चुङे सडकका अतिरिक्त ,बिगतका बर्षहरुमा लथालिÄ रहेको बिद्युतका कामको ब्यवस्थापन, गाजे खेलमैदान निमार्ण , सबै टोलमा बिद्युत बिस्तारको प्रकृया ,वडामा कफि खेती र माहुरीपालको कार्य नै प्रमुख कार्य रहेको बताउछन् ।

 रोङमा बितेको एक बर्षमा धेरै काम भएको भएपनि नागरिकहरुको अपेक्षा पुरा भएको छैन । प्रस्ताबित बिद्यालयहरुमा शिक्षक दर्वन्दि नहुदा निशुल्क शिक्षा पुग्न नसकेको ,संचार र बिद्युत जस्ता आधारभूत सेवाहरुबाट नागरिक बञ्चित रहेको , कृषिमा प्रबृधिको अभाव ,आधुनिकिकरण र यन्त्रिकरण नभएको , किसानले उत्पादित बस्तुको बजारीकरणको समस्या संबोधनको प्रयासै नगरिएको नागरिकहरुको गुनासो रहेको छ ।

 सहमति र सहकार्यका साथ अघि बढेको पहिलो बर्ष नया कुरा सिक्ने र सिकेको कार्यन्वयन गर्ने बर्ष महसुस गर्दै  बिगत बर्षलाइ योजना निमार्ण र पुर्वाधार बिकासको बर्ष मानेको भएपनि आगामी बर्ष प्रबर्धनमा लाग्ने र कही योजनाहरुको छनौट गरि गौरवको योजना घोषणा गरि काम थालिने प्रवक्ता सुवस तामाङले बताए । करिव ९२ किलोमिटरको रोङ रोड ,तिनघरे शान्तिपुर सडक, हासपोखरी बहुवन धुलाबारी सडक, हर्कटे रम्भ्याङ जौबारी सडक , सिमा सडक, चुरे संरक्षण, मौरी रिर्सच सेन्टरको बिकास पाथीभरा बिकास , जोरकलस बिकास जस्ता योजनाहरु गौरबका योजनाहरु रहेको र अधुरो योजनाहरु पूरागरेर उत्पादन बृद्धि र आय आर्जनको कार्यक्रमहरुले प्राथमिकता पाउने गाउपालिकाको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार