फ्रान्स र क्रोएसियामध्ये कस्ले जित्ला विश्‍वकप ???

नयाँ बुलन्द

इलाम : २०१८ को विश्‍वकपको उपाधि फ्रान्स र क्रोएसियामध्ये एकले उचाल्ले निश्चित भएको छ ।

मगंलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले हराउँदै २० वर्षपछि दोस्रो पटक उपाधि उचाल्ने अन्तिम सयमा पुगिसकेको छ । दोस्रो हाफटाइममा फ्रान्सका डिप्फेन्डर सामुयल उमिट्टिको गरेको एक मात्र निणार्यक गोलले फ्रान्सलाई उपाधि नजिक पुरयाएको हो ।

सन् १९९८ मा पहिलो पटक फिफा विश्‍वकपको उपाधि उचालेको फ्रान्सले २००६ मा पनि विश्‍वकपको फाइनलमा पुगेको थियो । तर इटालीले फ्रान्सको उपधि चुम्‍ने सपना चकानचुर बनाएको थियो ।

त्यस्तै बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इङल्याण्डलाई २-१ ले पाखा लगाउँदै पहिलो पटक विश्वकपको फाइनल पुग्दै उपाधि जित्ने दाउमा छ । अत्यन्तै कडा प्रतिस्पर्धा भएको खेलको ५ औं मिनेटमै इङल्याण्डका केरियल ट्रीपरले फि किकमार्फत गोल गर्दै क्रोएसियाई दबाबमा राखेको थियो ।

दोस्रो हाफको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेर्सीले गोल गर्दै खेल बराबरिमा ल्यायो । दुवै टिमले गोल गर्न राम्रो राम्रो मौका बनाएपनि गोल गर्न नसक्दा खेल बराबरिमा टुङगिएको थियो । त्यसपछिको अतिरिक्त समयको १०९ औं मिनेटमा क्रोएसियाका मारियो मान्जुकिले गोल गर्दै सन १९६६ पछि दोस्रो पटक उपाधि उचाल्ले इङल्याण्डको सपना ४ वर्षको लागि सिसा झैं चकानाचुर बनाए ।

आउँदो आइतबर हुने फाइनलमा क्रोएसियाले पहिलो पटक विश्वकपको अन्तिम दुईमा खेल्दैछ । सन् २००२ मा मात्र प्रवेश गरेको कोएसीयाले पहिलो पटक नै सनसनी मच्चाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । तर तेस्रोमा चित्त बुझाएको थियो ।

यता फ्रान्स तेस्रो पटक विश्वकपको फाइनल खेल्दै छ । सन १९९८ र २००६ मा फाइलल खेलिसकेको फ्रान्सले १९९८ मा ब्राजिललाई ३-० हराउँदै उपाधि उचालेको थियो भने सन् २००६ मा इटालीसँग टाइब्रेकरमा पराजित हुनु परेको थियो । तेस्रो स्थानको लागि भने शनिबार बेल्जियम र इङल्याण्डबीच  खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार