राष्ट्रिय युवा परिषद्को संसद् विकाश अभ्यास कार्यक्रम चुलाचुलीमा सम्पन्न

ईलाम : ईलामको चुलाचुली गाँउपालीकामा राष्ट्रिय संसद् विकाश अभ्यास कार्यक्रम सम्पन्न भएको छ । गत असार २४ गते बाट सुरु भएको कार्यक्रम हिजो मंलबार सम्पन्न भएको हो ।

कार्यक्रममा चुलाचुली गाँउपालीकाका सम्पुर्ण ६ वटै वडाहरु बाट १६ देखि २४ बर्ष उमेरका ३० जना युवाहरुको सहभागीता रहेको थियो । १ नम्बर प्रदेशका प्रदेश सासंदद्धय धिरेनद्र शर्मा रमण र राम बहादुर रानाको समेत उपस्थिती रहेको कार्यक्रममा संघिय संसद्को अभ्यास गरिएको थियो ।

गाँउपालीकाका जनाप्रतीनिधी, राजनितीक दलका प्रतीनिधी लगायत गाँउपालीका अधिकृतको समेत उपस्थिती रहेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश संसद् धिरेन्द्र शर्माले यस्तो अभ्यासले युवाहरुलाई राज्य संञ्चालनको बारेमा थप जानकार बनाउने बताउनुभयो । त्यसैगरी प्रदेश संसद् रामबहादुर रानाले प्रत्येक स्थानिय तहमा यस्तो अभ्यास गर्न आवस्यक रहेको बताउनुभएको थियो ।

गाँउपालीका अध्यक्ष प्रदिपचन्द्र राईले यस्तो कार्य युवाहरुका लागी नितान्त आवश्यक रहेको र यस्तो अभ्यासले युवाहरुलाई अझ थप राज्य संञ्चालनको बारेमा जानकार बनाउने बताउनुभयो । कार्यक्रमको अन्त्यमा सहभागी युवाहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

यो कार्यक्रम प्रत्येक प्रदेशको दुई जिल्लाको दुई स्थानिय तहमा मात्र यो बर्ष संञ्चालन गरिएको युवा परिषद् ईलाम शाखा अध्यक्ष तथा कार्यक्रम सहजकार्ता नवराज शंकरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार