अर्गानिक कृषक समुह गठन

 नयाँ बुलन्द माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा अर्गानिक कृषक समुह गठन गरिएको छ रसायनिक मल र विषादको‌ प्रयोगलाई न्युनिकरण गर्दै अर्गानिक खेती प्रविधीलाई‌ जोड दिने उद्देश्यले माइजोगमाई १ प्रेमेजुङ्गका ३७ घर परिवारलाई समेटेर समुह गठन गरिएको हो।

नवगठित समितिको अध्यक्षमा पदम बहादुर भण्डारी चयन भएका छन भने उपाध्यक्ष विमल कुमार‌ राई, कोषाध्यक्ष तिर्था पौडेल, सचिव मित्रकुमार थापा र सह-सचिव नरेन इलामेली र सदस्यहरुमा लोक बहादुर खँड्का,गजेन्द्र थामी, साबित्रा खँड्का र फूल कूमारी खँड्का चयन भएका छन्। त्यस्तै अर्गानिक खेतीलाई प्रोत्साहन गर्न र अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले स्थानीय कृषक बेद प्रसाद पौडेलको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ।

जसको सदस्यहरुमा उमेश पाण्डे, सिता खड्का रण बहादूर थापा र कमला कोइराला रहेका छन्। रसायनिक मल र विषादीको प्रयोगले बाताबरण र मानव स्वास्थ्यमा‌ पारेको असरलाई न्यूनीकरण गर्दै अर्गानिक खेतीमा जोड दिने उद्देश्यले समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष पदम‌ बहादुर भण्डारीले बताए। त्यस्तै अर्गानिक अभियानलाई सफल पार्न यसअघि भएका कार्यक्रम र अब गरिने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न समय समयमा अनुगमन गर्ने अनुगमन समितिका संयोजक‌ बेद प्रसाद पौडेलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार