ट्याक्सी दुर्घटनामा एकको मृत्य, आठ घाइते

फिदिम : मध्यपहाडी लोकमार्ग हुँदै च्याङथापुदेखि फिदिमतर्फ आइरहेको मे १ ज २०५१ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्सीमा सवार अन्य आठ जना घाइते भएका छन् ।

मंगलबार बिहान साढे साते बजे याङवरक ३ ओयामको तिम्सेबोट भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परि याङवरक १ निवासी कैलाश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्स चालक र सहचालक सहित आठ जना घाइते भएका छन् ।

याङवरक १ निवासी सपना राई, अर्जुन राई, ललिता राई, ताप्लेजुङको कालिखोला निवासी फुलमाया बानिया, रामचन्द्र खड्का, ट्याक्सी चालक दलबहादुर धिमाल, सहचालक राजेन्द्र राई र प्रेम बर्देवा घाइते भएको याङवरकका वडाध्यक्ष मविन्द्र योङ्याले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम पठाइएको योङ्याले जानकारी दिए । सडकबाट चिप्लिएर ट्याक्सी भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार