सरकारका प्रतिनिधिलाई पूर्ण न्याय नपाई अनशन नतोड्ने गंगामायाको जवाफ

काठमाडौं : छोराका हत्यारालाई कारबाहीको माग राखेर आमरण अनशन बसेकी गंगामाया अधिकारीले पूर्ण न्याय नपाएसम्म अनशन नतोड्ने बताएकी छन् । वर्षाैंदेखि अनशन जारी राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामायाले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी हुन् ।

हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगेर गंगामायालाई अनशन तोड्न आग्रह गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ । जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो आश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताइन् ।

‘अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस्, मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्,’ उनले भनिन्, ‘त्यसपछि म तपाईंले नखा भने पनि खान्छु, यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार