विदेशबाट फर्किएपछि कुखुरापालनमा आत्मनिर्भर चेतन

इलाम : इलाम नगरपालिका वार्ड नम्बर ६ सिम्फ्रिङस्थित ३२ वर्षिय युवा चेतन निरौलाको मेची फ्रेस हाउसबाट दैनिक रुपमा ३५ किलो मासुको व्यापार हुने गरेको छ । माध्यमिक तहसम्मको अध्ययन पश्चात साथी संगतमा घरबाट निस्केर भारतमा गई करिब १० वर्ष काम गरेका निरौला भारतको दिल्लीमा रहेको कुखुरा फर्मबाट प्रभावित भई स्वदेशमा फर्किएर व्यवसायमा आत्मनिर्भर बनेका छन् ।

विदेशमा काम गर्नुभन्दा आफ्नै ठाँउमा केही गर्ने उद्धेश्यले वि .सं २०७२ सालमा २०० वटा चल्ला ल्याई सुरु गरको बोइलर फर्म हाल उनको फर्ममा ९०० बढी कुखुरा रहेको रहेका छन् । उनले आफ्नै मेहेनतमा उत्पादन गरेको मासु भएकाले प्रतिकिलोमा रु ३० रुपैँया सहुलियतमा उपभोक्तालाई विक्रि गर्ने गरेको बताउँछन् ।
तीन वर्ष यता देखि नै इलाममा प्रतिकिलो ३५० रुपैँया रहेको मासुको मूल्यमा फरक नभएको र जिउँदो कुखुरा समेत प्रतिकिलो २०० रुपैँयामा विक्री हुने गरेको उनको भनाई छ ।

८० हजारको लागतबाट सुरु गरेको कुखुरा फर्ममा हाल मासिक करिब चार लाख कारोबार हुने गरेको छ । चार जनाको परिवारको घरखर्च र कुखुराको दाना,पानीको खर्च कटाएर मासिक ४० हजार आम्दानी हुने गरेको उनको भनाई छ ।
कुखुरा फर्ममा आउने ग्राहकहरुलाई जुनसुकै समयमा मासु उपलब्ध गराउने हुनाले व्यवसाय फस्टाएको हो । व्यवसायलाई एकरुपता दिएर लागिपरेमा घाटा नहुने भएकाले कुखुरापालनमा गाँउघरका युवाहरु समेत आकर्षित भएको उनको भनाई छ । स्थानीय कमल गुरुङ,दिनेश श्रेष्ठ लगायत अन्य युवाहरुले समेत कुखुराको फर्म खोलेको र व्यवसाय समेत फस्टाएको बताए ।

खट्न सकेमा वर्षभर नै आम्दानी दिन सक्ने तर जाडो मौसममा भने बत्तीको समस्या हुने हुनाले केही असहज हुने गरेको छ । बोइलर कुखुरालाई स्वच्छ हावा ,गुम्साउन नहुने र उचित तापक्रम मिलाएमा मात्र फस्टाउने उनको भनाई छ ।
मासु मात्र नभई यसको सुली समेत गाँउघरमा मलको रुपमा प्रयोग बढेको छ । अदुवा,अलैँची तथा सागपात जस्ता कृषि उत्पादन फस्टाउने गरेकाले जिल्लाका विभिन्न स्थानमा कृषकहरुले लाने गरेका छन् ।
उनको फर्मबाट ९०० कुखुराको गर्मी महिनामा ३० बोरा र जाडोमा बढी मल हुने गरेको र यसको प्रतिबोरा १०० रुपैँयाका दरले विक्री हुने हुनाले थप आम्दानी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार