प्रदेशस्तरीय वक्तृत्वकलामा इलामबाट रश्मिना छनौट

इलाम : इलाममा सदरमुकाममा बिहिवार सम्पन्न “समृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा पहिलो हुँदै प्रज्ञा सदन बोर्डिङ्ग स्कुलकी छात्रा रश्मिना खतिवडा प्रदेशस्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ।

जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरको अध्यक्षता एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको जिल्लास्तरीय प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना क्रमशः प्रसन्न निरौला, रश्मि काफ्ले र बबिता अधिकारी भए ।

१६ देखि २४ बर्षसम्मका युवाहरुको सहभागिता रहेको प्रतियोगितामा ११ जनाले भाग लिएका थिए । असार २३ गते प्रदेश राजधानी विराटनगरमा सबै जिल्लाका उत्कृष्टहरुबीच प्रतिस्पर्धा हुने र प्रदेशमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुले असार २६ गते काठमाडौंमा हुने सोही बिषयको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर पाउने जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष शंकरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार