रोङको चौथो गाउसभाले तीनबटा ऐन पारित

गोबिन्द पौडेल

रोङ : इलामको रोङ गाउपालिकाको चौथो गाउसभाले गाउपालिकाको आर्थिक ऐन, बिनियोजन ऐन, र दररेट पारित गरेको छ ।

गाउपालिकाका अध्यक्ष सम्सेर राईको अध्यक्षतामा बिहिबार बसेर प्रस्ताव गरिएर सुक्रबार नियमित छलफल गरिने बिषयहरु गाउपालिकाको अध्यक्ष बिरामी परेको कारण स्थगित बैठक आजबाटसुरु गरिएको हो ।

चौथो गाउसभाको दोश्रो बैठकले आर्थिक ऐन, बिनियोजन ऐन, र दररेट पारित गरेको हो । यस अघि बिनियोजन तथा आर्थिक ऐनमाथी छलफलको क्रममा उठेको बिषयमा उपाध्यक्ष चन्द्रकला राई, भौतिक तथा पुर्वाधार समितिका सम्योजक मणिकुमार स्याङबो सुवासले प्रष्ट पार्नुभएको थियो । बैठक हालसम्म नियमित चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार