नेपाल आदिवासी जनजाति पत्रकार महास‌ंघ (फोनिज) इलामको कार्यालय स्थापना

नयाँ बुलन्द

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फनिज) जिल्ला शाखाको इलामको कार्यालय स्थापना भएको छ ।

इलाम नगरपालिका वडा नम्बर ७ मा नेपाल आदिवासी जनजातिम महासंघसँगै फोनिजको कार्यालय स्थापना भएको हो ।

मंगलबार आयोजित एक कार्यक्रमा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय कार्यसमिति सचिव कमन देवानले् रिबन काटेर कार्यालयको उद्घाटन गरे ।

कार्यालय उद्घाटन गर्दै सचिव देवानले फोनिज इलामको इतिहासमा पहिलोपटक कार्यालय स्थापना भई गतिबिधि बढाउनस आफैंमा खुसीको कुरा बताउँदै जिल्ला शाखा इलामलाई बधाई र धन्यवाद व्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङले विभिन्न चुनौतीका बाबजुत कार्यालय स्थापना गर्न सफल भएको भन्दै सहयोगी सबैमा धन्वाद ज्ञापन गरे । उनले आफ्नो कार्यकालमा फोनिज इलामलाई थप व्यवस्थित बनाउँदै देशकै उत्कृष्ठ जिल्ला शाखा बनाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा फोनिज जिल्ला शाखामा आवद्ध र साधारण सदस्यसिहत ४० बढिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार