वर्षाको मोडलिङ करियर (भिडियो सहित)

नयाँ बुलन्द

काठमाण्डौं : सानै उमेर देखी अभिनय रुचाउने वर्षा तामाङ पछिल्लो समय अभिनय कै क्षेत्रमा निक्कै व्यस्त छिन् ।

धरानमा जन्मेकी उनी मोडलिङ क्षेत्रमा आफ्नो भविष्य वनाउन लागेकी छिन् । १२ कक्षा सम्म अध्ययन सकेकी वर्षाले देवेन्द्र हुक्पा चोङवाङको चौवन्दी चोली नामक पूर्वेली लोक गीतमा अभिनय गरिसकेकी छिन् ।

आफुलाई अभिनय क्षेत्रमा निक्कै अव्वल कलाकार भनेर उनले आफ्नो पहिलो म्युजिक भिडियोमा नै दरिलो अभिनयमा प्रस्तुत भएकी छिन् । मोडलिङका साथै चलचित्रममा नायिका बन्ने उद्देश्याका साथ उनी यो क्षेत्रमा प्रवेश गरेकी हुन ।

चलचित्रमा प्रवेश गर्ने भ¥याङका रुपमा रहेको मोडलिङलाई उनले आफ्नो करिअरको सुरुवाती गन्तव्य बनाउन चाहेकी छन् । उनले विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी छन् ।

नृत्य र अभिनयमा पोख्त उनी सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छन् । नयाँ म्युजिक भिडियोको तयारीमा रहेकी तामाङ पल इन्टरटेन्मेन्ट र इटहरी जेसिसले आयोजना गरेको मिस सुनसरी २०१८ मा समेत प्रतिष्पर्धीको रुपमा सहभागी छिन् ।

उनीद्धारा अभिनित भिडियो हर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार