बिकासले बिनास ः खोजीएन बिकल्प

गोबिन्द पौडेल

रोङ : प्रसस्त संभावना हुदाहुदै पनि बिकल्प नखोजी गरिएको बिकासले पूर्बि इलामको हर्कटे बजारमा समस्या दोहोरीरहदा आसपासका नागरिकहरुलाइ पनि समस्या हुने गरेको छ ।

रोङ गाउपालिका र सुयोदय नगरपालिको सिमानामा रहेको हर्कटे बजार बिगत एक दशक यता निक्कै फस्टाएको ब्यपारीक केन्द्र बनेको छ ।मेची राजमार्गले चिरेको र अन्य पाचबटा ग्रामिण सडकले जोडेको हर्कटेमा बिकासको लागि मेची राजमार्गलाइ छाडेर पाचैबटा सडकको बिस्तार गर्ने हो भने हर्कटे बजार किम्वदन्ति मात्र हुने निश्चित रहेको छ ।

हाल बिस्तार हुदै गरेको हर्कटे ,तारगाउ जिर्मले सडक निमार्ण गरिदा देखिएको बिबाद सतहमा आउदा जनप्रतिनिधिसग स्थानिय बासीहरुको भनाभन मात्रै हैन हात हालाहाल सम्म भएको , खानेपानीको पाइप भत्किदा पानीको हाहाकार हुदै साप्ताहिक हाट सम्म नलागेको बिबादस्त कुराहरु त आएनै अझ अहिले हर्कटे तारगाउको सडक निमार्ण गरिदा सडक मात्रै हैन सुरिले पाखा नै भत्किएर गएको छ । जसबाट बिकास गर्दा बिनास बढेको हो । यसबाट तारगाउका बिद्यार्थीहरु , किसान शिक्षक लगायत आम नागरिकहरुले कस्टकर र जोखिमपूर्ण यात्रा गरिरहनु परेको शिक्षक किशोर निरौलाले बताए ।

कमजोर भु बनावट रहेको सुरिले पाखामा अझैपनि त्यहिबाटसडक संचालन गर्ने बाटो खनि रहने हो भने उक्त पहिरो माथीको हर्कटे जिर्मले सडकसम्म पुग्ने निश्चित रहेको छ । यसबाट स्थानियहरुले ठूलो क्षति बेहोर्नु पर्ने निश्चित रहेको छ ।
गत बर्ष नै हर्कटे जिर्मले सडक खण्डको सात दशमलव पाच किलोमिटर डि. पि. आर गरिने भनिएथता पनि रोङ र सुयोदयको सिमाना रातमाटे सम्म पाच दशमलव आठ किलोमिटर सुयोदय नगरपालिकाले डि.पि आर गरि सकेको र हर्कटे बजारमा रहेको दुबै तिरको घरसम्म संकेत चिन्ह स्पस्ट रुपमा देखिन सकिनछ तर भएपनि उक्त डि. पि आरको नाप लुकाएर सु. न. पा ६ का वडाध्यक्ष शिब कुमार बस्नेतको निर्देशनमा एकातिर मात्र घर भत्काउने र नाली बनाउन थालेपछि बिबाद सतहसम्म आइ पुगेको थियो ।

हामी बिकासका बिरोधी होइनौ , जन प्रतिनिधि साझा हुनु पर्छ , कम क्षतिमा धेरै बिकास गरौ, बिकल्प पनि खोजौ एक पिडितले बताए । हर्कटे तारगाउ सडकको भूअवस्था जटिल रहेको र हर्कटे तारगाउ जिर्मले सडकले सडक आसपास दुबै तिरको घरमा क्षति गर्ने,हर्कटेमा पम्पिÄ गरेर खादै आएको पानीको मुहानपनि संरक्षण हुने र हर्कटेमा लाग्दै आएको साप्ताहिक हाट पनि सोही सडकको आसपासमा लाग्ने हुदा दुबै सडकको मुख एउटै राख्न मेची राजमार्गको कोल्बुÄ पट्टि हर्कटे प्रहरी चौकी मुनिबाट सामुदायिक बनको जमिन हुदै जिर्मले सडक खण्डपट्टि करिब चारसय मिटर नया ट्याक खोलेर हर्कटेको दुग्ध उद्योग रहेको डाडा आसपासबाट तारगाउको तल्लो बाटोमा जोड्न सके संभब्य जोखिम टर्ने र कम क्षतिमा सबैको हितमा काम हुने संभावना रहेको छ ।

सधैभरी एउटै बिषयमा अनेकन बिबाद गरि रहनु भन्दा जनताले चुनेको सरकारले जनताको पक्षमा सबैले जित्ने निर्णर गरेर काम थाल्दा साच्चै सिहदरवारको अधिकार गाउसम्मका नागरिकहरुले महसुस गर्ने पक्का थियो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार