गैससको नागरिक सम्मेलन सम्पन्न

इलाम : गैर सरकारी संस्थाहरुको वर्तमान अवस्था र भावी कार्यदिशाा विषयक अन्तरक्रिया एवम् नागरिक सम्मेलन इलाम सदरमुकाममा सम्पन्न भएको छ ।

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा कार्यालय इलामको आयोजनामा नागरिक सम्मेलन भएको हो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा कार्यालय इलामका अध्यक्ष कमल प्रसाद नेपालले गैससको अभियान र आगामी कार्यदिशाा सम्वन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उनले प्रस्तुुत गरेको कार्यपत्रमा जिल्लामा एघार सय २० वटा गैर सरकारी संस्था रहेको वताइएको छ ।

ती संस्थाहरुले जिल्लाको विकासमा टेवा थप्ने काम गरेको उनको भनाई छ । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश वराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, इलाम नगरपालिकाका प्रमुख महेश वस्नेत, नेकपा एमालेका कार्यबाहक अध्यक्ष भक्त थामी, नेपाली कांग्रेसका सचिव खगेन्द्र देवान लगायतले मन्तब्य सहित गैससले गरेका कामहरु पारदर्शि हुन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा विभन्न सरकारी तथा गैर सरकारी संस्था, राजनिति दल तथा स्थानियको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार