आधारभुत पत्रकारिता तालिम सुरु

इलाम  ः इलाममा आजबाट तिनदिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा इलामको आयोजनामा तालिम भएको हो ।
तालिममा जिल्लाका ४० जना आदिवासी जनजाती युवायुवतीको सहभागिता रहेको छ । तालिमलाई आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय सचिव कमन देवानले सहजीकरण गर्नुहुने छ ।

तालिम उद्घाटनका अवसरमा आज फोनिजका केन्द्रय सचिव देवान, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगु, प्रदेश न १ का उपाध्यक्ष सोम सुशेली, इलामकी अध्यक्ष कोकिला ढकाल, फोनिजकै केन्द्रिय सदस्य ख्याम भुजेल, इलाम नगरपालिकाका मेयर महेस बस्नेत लगायतले मन्तब्य राख्दै पत्रकारितामा मोह राख्ने हरुलाई सुरुबाट नै जिममेवार रहन सुझाव दिएका थिए । तालिम १९ गते सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार