पूर्वप्रधानाध्यापकद्वारा प्रधानाध्यापक कुटिए

विराटनगर – विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विराटनगरमा एकजना प्रधानाध्यापक कुटिएका छन् । विराटनगर–१४ स्थित जनता बाल आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार यादवलाई सोहि विद्यालयका पुर्व प्रधानाध्यापक एवम राहत शिक्षक समेत रहेका बिरेन्द्र यादवको समुहले कुटपीट गरेको हो ।
पीडित यादवले शनिबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि कुटपिट भएको जानकारी गराउनुभयो ।

यादवले विराटनगर महानगरले विद्यालयमा दरबन्दीको शिक्षक कार्यरत रहेको अबस्थामा राहत शिक्षकलाई प्रअ बस्न नमिल्ने पत्राचार गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र शिक्षकहरुको बैठकले आपूmलाई प्रअ तोकेर बिरेन्द्रलाई प्रअबाट हटाएको रीसइवीले कुटपिट गरिएको बताउनुभयो । शुक्रबार ब्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा पूर्व प्रअ बिरेन्द्र यादव, उनका भाई सुरेन्द्र यादव र रबिन्द्र, छोरा सुधिर र विशाल र साजन ऋषिदेवले कुटपिट गरेको पीडित यादवले जानकारी दिनुभयो । समाचारपत्रमा खबर छ ।

कुटपिट गर्ने बिरेन्द्र र उनका भाइ सुरेन्द्र सोहि विद्यालयमा राहत शिक्षकमा कार्यरत रहेको उहाँको भनाइ छ । भाटा र मुक्का प्रहार गर्दै गरिएको कुटपीटका कारण आफ्नो जिउभरि निलडाम बसेको र लुगा पनि च्यात्तिएको पीडित यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार