प्रहरी घेराभित्रैबाट सुरु भयो डा. केसीको अनसन

डा. गोविन्द केसीले प्रहरी सुरक्षा घेराभित्रै आमरण अनसन सुरु गरेका छन् । सरकारले चिकित्सा शिक्षाको बिधेयकको बिरोधमा अनसन बस्न जुम्ला पुगेका उनले प्ररही सुरक्षा घेराभित्र अनसन सुर गरेका हुन् ।

डाक्टर केसीले जिल्ला प्रहरी कार्यालयभित्रै अनसन सुरु गरेको घोषणा गरेपछि प्रहरीले उनलाई जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा लगेको थियो । प्रहरीले रिहा गरेर कभर्डहलमा राखेपछि डाक्टर केसीले प्रहरी कार्यालयबाटै आफूले अनशन सुरु गरिसकेकाले त्यसैलाई निरन्तरता दिने बताएका थिए ।

उनलाई कवर्ड हलमा सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । डाक्टर केसीले अनसन कुन ठाउँमा सुरु गर्ने भन्ने निर्णय गरिनसकेको उनका समर्थकको भनाइ छ । डाक्टर केसी अनसन बस्न हिजो बेलुका जुम्ला पुगेपछि स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको २ सय मिटर वरिपर निषेधित क्षेत्र घोषणा गर्दै अनशन बस्न नपाइने घोषणा गरेको थियो ।

चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर मेडिकल माफियाकै अनुकुल बनाएर ल्याउन खोजेको, जुम्लालाई मेडिकल हब बनाउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीलगायत मेडिकलको उच्च शिक्षाको अध्यापन सुरु गर्नुपर्नेलगायत माग गर्दै डाक्टर केसी अनशन बस्न शुक्रबार जुम्ला पुगेका हुन् ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन सुरु गर्ने घोषणा गरे पनि जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानलाई प्रतिबन्धित क्षेत्र घोषणा गरेर केसीलाई प्रवेश गर्न दिएको थिएन ।

प्रतिष्ठानमा अनशन बस्न नदिएपछि डा.केसी र उहाँका समर्थकले जिल्ला प्रशासन कार्यालय अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्दा उनी पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार