अकबरे खुर्सानी पुरानो काँटा “झापो” मा

पाँचथर फाल्गुनन्द-७,आङ्साराङ्ग निवासी वर्ष ५५ कि राममाया आङ्देम्बे आफुले उत्पादन गरेको अकबरे खुर्सानी पुरानो काँटामा जोखेर बिक्री गर्दै छिन्। यसलाई बुढापाकाहरु “झापो” भन्ने गर्दछ्न्। उक्त काँटाको डन्डीमा धर्कोहरु हुन्छन् र सोही धर्का अनुसार तौल मापन गरिने उनि बताउँछिन्।यसमा जोखेको सामान नापतौल विभागले मान्यता दिएको तराजुमा १ ग्राम पनि फरक नपरेको किन्ने ग्राहक बताउँछन्। इलाम फाकफोकथुम-१ र पाँचथर फाल्गुनन्द-५ मा पर्ने घुर्बिसे पन्चमी बजारमा हरेक महिनाको १३ र २९ गते पाक्षिक हटिया बजार लाग्ने गर्दछ। तस्वीर : युद्धबहादुर बोहोरा/नयाँ बुलन्द

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार