रोपाई गर्न होइन, डुङ्‍गा सयर गर्न आउनुहोस्

लोकेन थेवे

इलाम : ३ बर्ष पहिले सन्दकपुर ५ जमुना कागेटार नजिकै रहेको ढाप सिमसारमा वर्खा सुरुभएसँगै सिमलाई हिल्याउन सुरु हुन्थ्यो । असार २० सम्म सबै रोपाइ सकिन्थ्यो । तर अचेल न हिल्याउनु पर्छ न धान रोप्न खेतला जान पर्छ । जानू पर्छ त केवल डुङ्गा सयर गर्न ।

सिमसर र पनीको पनि राम्रो स्रोत भएको ढाप सिमसारलाई जमुनालीबासीहरु मिलेर २ वर्षमा नै पोखरीको आकर दिएर डुङ्गा सन्चालनमा ल्याउन सफल भयो । १९६६ मा जमुना सुल्बुङ जोड्ने धरुप पुल संरक्षणको लागि यो सिममा छुटयाएको ७ रोपनी खेत चन्द्रपाल थेवे गुठीसँग सहमती गरि चन्द्रपाल थेवे ढापपोखरी बनाउने सम्झौता गरि त्यसठाउँको आसपासमा भएको अन्य व्यक्तिको जगादातासँग सम्झौता गरी २५ रोपनी क्षेत्रफलमा पोखरी निमाण सुरु गरेको हो । २ वर्षमा नै पोखरीले ठुलो आकार लिएपछि कात्तिकदेखि डुङ्गा सन्चानमा ल्याएको छ ।

जिल्लाकै सबै भन्दा ठूलो मानव निर्मित पोखरी रहेको र बाँकी थप २५ रोपनी जग्गा पनि पोकरीको नाममा सम्झौता गरेकोले केही वर्षमा नै पोखरीको भुभाग ५० रोपनिको हुने छ । बार्षिक १ लाख ५० हजारमा डुङ्गा ठेक्का दिएको र हाल सम्म पोखरी निमार्णमा ३५ लाख खर्च भएको चन्द्रपाल थेबे ढाप पोखरीका अध्यक्ष बिप्लव भट्टराईले बताए ।

साँच्चै मनैदेखि लाग्नु हो भने विकास गर्न धेरै वर्ष नलाग्ने पोखरीको उदाहरण दिदैं भट्टराई भने ‘मानव वस्ती उर्लेर लाग्दा सदै वर्खामा खेतीपाती गर्न हतारो हुने ठाउँ २ वर्षमै डुङ्गा चल्ने बनायौं ।’

माइजोगमाईका भीमबहादुर थेवे वर्सेनी कागे मेला आउँदा मेला भर्दै पुर्खाको नामको पोखरीमा डुङ्गा चढ्न पाउँदा खुसीले गदगद हुने गरेका छन् ।

पोखरीको नामकरण गर्नेमा साक्षी रहेका थेवे हामीले खासै केही गर्न नसके पनि पुर्खाको सामाजिक देनको लागि पोखरीको नाम चन्द्रपाल थेबे ढापपोखरी राखेको बताए । पहिला त्यस खेतको आम्दानीले पुलको संरक्षण गर्दै आएकोमा सम्झौता अनुरुप क्रमिक चन्द्रपाल थेबे ढापपोखरीको ४० प्रतिशत आम्दानी सो पुलमा खर्च गरिने छ । थोरै समयमै पोखरीको ठुलो आकार बने पछि हाल २ वटा डुङ्गा सन्चालमा छन् । वर्सेनी रामनवमीको दिन मेला लगाउँदै आएको छ ।

पोखरीलाई सुन्दर बनाउन जिल्ला कृषि विकास कार्यालयले १२ हजार माछाका भुरा र स्थनीयले हाँस लगाएका छ्न् । पुल संरक्षकणको लागि १० बर्षदेखि चन्द्रपाल थेबे गुठीको जगा हेर्दै आएको सन्दकपुरका प्रेम बहादुर थेबे र माइजोगमाइका अमृत थेबे अप्रत्याशित रुपमा गरी जमुनाबासीले पुर्खाको नाममा पोखरी निमार्ण गरेको देख्दा साथीहरूसँग खुशी बाँड्ने शब्द नै भेटेनन् । उनीहरु एकै स्वरमा भन्छन् ‘असार लाग्दा फोनमा यति गरे हिल्याउने र उति गते रोपाई गर्ने भन्थे अहिले अहिले त्यही ठाँउमा डुङा चढन बोलाउँछन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार