कफि खेती गराउन किसानलाइ तालिम

 गोबिन्द पौडेल

रोङ : नागरिकको आर्थिक समृद्धि जिर्मलेमा संभावना बाकेको कफि खेती गराउने अभियान शुरु गरि आज किसानहरुलाइ कफि चक्र तालिम दिएको छ ।

 चिया तथा कफि बिस्तार योजना फिक्क्लको आयोजना र वडा कार्यलयको ब्यवस्थापनमा भएको  कफि चक्र  तालिममा २५ जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा चिया तथा कफि बिस्तार आयोजनाको मुख्य प्रशिक्षक बिबेक भण्डारी ,कार्यलय प्रमुख इन्द्र प्रसाद अधिकारी र सुमन त्रिखत्रीले सहजीकरण गर्नु भएको थियो । संभवत जिर्मलेमा पहिलो पटक भएको तालिममा कफि खेतीको महत्व ,  रोपण बिधि ,स्याहार चाकार ,रोग ,उत्पादन र बजारीकरण र बिश्व बजारमा संभावना सम्मका जानकारी गराइएको थियो ।

 रोङ ६ जिर्मलेमा बिज्ञहरुको सुझाबमा कफि खेतीको प्रसस्त संभावना रहेको र परंपरागत रुपमा गरिएको कफि राम्रो रहेको तथ्यलाइ आधार मानेर वडा कार्यलयको चालु बर्षको बजेटबाट जमिन भाडामा लिएर कफिको नर्सरी  गरिएको छ । वडाले चालु बर्षमा पन्चानब्बे हजार  बजेट बिनियोजन गरेर बत्तीस हजार बिरुवा उत्पादन गर्ने गरि बिरुवा नर्सरी गरिएकोमा बिरुमा उम्रिएर दुइपाते भइ सकेको र किसानलाइ अनुदानमा बिरुवा दिएर एक घरमा एकसय बटा बिरुवा रोप्न प्रेरणा दिएर आवश्यक प्राबिधिक परामर्ष र बजारको समेत ब्यवस्था गरिने वडाअध्यक्ष सुवास तामाङले बताए ।

 हाल बिश्व बजारमा नेपालको कफि उत्कृष्ट रहेकोले किसानहरुको लागि आर्थिक उपार्जनको निक्कै संभावना रहेको छ ।  तीनवटा जातहरु अरबिका , रोवास्ट्रा र लाइबेरिका रहेको र नेपालमा भने अरबिका जातका कफिहरु फस्टाएकोले अहिले यहा गुल्मिबाट बिउ ल्याएर लिजका लिएको जमिनमा पोलिब्यागमा नर्सरी गर्न  गरिएको र नर्सरी राखिएको बिरुवा न्युनतम एक बर्ष पछि रोप्न तयार हुने कृषि प्राबिधिक मोहन अधिकारीले बताए ।

रोङ ६ जिर्मलेको रम्भ्याङमा चिया खेती रहेको र अन्य सलकपुर र कुवापनी खण्डमा रहेको सुन्तला र अलैची खेतीमा समस्या देखिएकोले किसानहरुको आय आर्जनको लागि कफि बिकल्प हुनसक्ने रहेकोले स्थानिय सरकारले नागरिकको  आर्थिक स्तर उकास्न प्रयासरत देखिको सहभागिहरुको प्रतिकृया रहेको छ । किसानको मोह कफि खेतिमा भएमा बढी उत्पादन भएमा प्रसोधन उधोग नै संचालन गर्न सकिएमा रोजगारी र आय आजनमा बृद्धि गरेर आर्थिक समृद्धि गर्न सकिने वडा कार्यलयको बिश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार