धमाधम सुरु हुँदै इलामका स्थानिय तहहरुमा नगरसभा तथा गाँउसभा

दिनेश महत
फिक्कल : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन ।

इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । विकास निर्माणमा सवै एक ठाँउ रोङको समृद्धी अभियानमा संगसंगै जाँऔ भन्ने मुल नाराका साथ रोङ गाँउपालिकाको चौथो गाँउसभा आजबाट सुरु भएको हो ।

रोङ गाँउपालिकामा आगामी आर्थिक बर्षमा चालु खर्च २० करोड १३ लाख ९८ हजार ८ सय र पुँजीगत तर्फ ११ करोड ९३ लाख २४ हजार रुपैया गरी ३२ करोड ७२ लाख ९८ हजार बजेट रहेको छ । गाँउपालिका उपाध्यक्ष चन्द्रकला राईले अर्थ सम्वन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक, आगामी आर्थिक बर्षको सेवा र कार्यहरुको लागी स्थानिय सन्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन र २०७५÷७६ को निती तथा कार्यक्रम कार्यपालिका बैठकमा प्रस्तुत गर्दै आजको बैठक आगामी असार १५ र १६ गते बस्ने गरी स्थगित भएको छ । गाँउपालिका अध्यक्ष शम्शेर राईको सभापतित्वमा गाँउसभा सुरु भएको हो ।

सुर्योदय नगरपालिकाको तेश्रो नगरसभाको पहिलो दिन २०७५÷७६ सालको निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपप्रमुख दुर्गादेवी भट्टराईले प्रस्तुत गरेको १७ पृष्ठ लामो निती तथा कार्यक्रममा १९ वटा बिषयहरु समेटिएको छ । अपराहन्न साढे २ बजेबाट सुरु भएको नगरसभा करिव २ घण्टासम्म चलेको थियो । नगर प्रमुख रणबहादुर राईको सभापत्विमा चलेको नगरसभा अर्को बैठक असार १२ गते साढे १० बजेसम्मको लागी स्थगित गरिएको थियो ।

इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम उपप्रमुख सुशिला नेम्वाङले प्रस्तुत गर्नुभयो । विनियोजित बजेटको चालु खर्च तर्फ १४.७८ प्रतिशत, सशर्त अनुदान खर्च ३५.०५ प्रतिशत, सामाजिक सुरक्षा भत्ता ७.५८ प्रतिशत, पूँजीगत खर्च ४२.५९ प्रतिशत रहेको छ । त्यसैगरी माइजोगमाइ गाँउपालिकाको.. गाँउसभामा उपाध्यक्ष सावित्रा भट्टराईले ३२ करोड ५५ लाख १ हजार रुपैयाको आगामी आर्थिक बर्षको लागी बाषिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

माइजोगमाइमा चालु तर्फ ६ करोड ११ लाख ८५ हजार, सर्सत अनुदान १४ करोड ३ लाख र पुँजीगत तर्फ १२ करोड ४० लाख १६ हजार विनियोजन गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले ब्यवस्था गरे अनुसार स्थानीय तहको बजेट असार १० गते भित्रमा पेश गरिसक्नुपर्ने ब्यवस्था भए अनुरुप सवै स्थानिय तहहरुले नगरसभा र गाँउसभा सूरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार