इलामको कोल्बुङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा ५ जना घाइते

गोबिन्द पौडरोङ :  मेची राजमार्ग अन्तरगत इलामको कोल्बुङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।

मोरङको बिराटनगरबाट दार्जिलिङ घुमेर फर्केको बस दुर्घटनामा परेको हो । को १ ख ४७१७ नम्बरको बस दुर्घटनामा परेको हो ।ं दुर्घटनामा परि टंकिसिनबरी २ मोरंगका सरदार देबी मण्डल लगायत अन्य ४ जना घाइते हुनु भएको छ । सोही बसमा इलामको आइतबारे आठघरेमा सम्पन्न अन्तराष्टिय कराते प्रतियोगितामा सहभागीभएर घर फर्केका २ जना कराते खेलाडी पनि परेका थिए ।

रोङ ४ किटेनीका समिक्षा लेप्चा र रञ्जिता लेप्चा साझमा फिक्कलबाट सोही बसमा चढेर घर फर्कदै गरेका थिए । खेलाडी दुबै जना सरस्वती माध्यमिक बिद्यालय रोङ ४ भालुझोडाका बिद्यार्थी पनि हुन् ।

बस चालक मुन्ना राजबशी लगायत अन्य यात्रु को अवस्था सामान्य नै रहेको टाफिक प्रहरी गुरुप्रसाद सुबेदीले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार