विश्‍वकप अनुमान गलत सावित हुँदै

लोकेन थेवे

माईजोगमाई : जेष्ठ ३१ गते बाट रसियामा भैरहेको २१ औ संस्करणको विश्वकपमा अपेक्षा र सुरु हुनभन्दा अगाडी जे अनुमान गरिएको थियो अहिले ती अनुमान गलत साबित हुँदै गैरहेको छ ।

२०१८ को विश्वकपको समूह डि मा रहेको अर्जेन्टिना, क्रोएसिया, नाइजेरिया र आइसल्याड मध्येमा अर्जेन्टिना सजिलै लिग चरण पार गर्ने अनुमान गरिएको थियो तर यो समूह उस्को लागि फलामे चिउरा चपाउनु सरह भैरहेको छ । नब प्रवेशी आइसल्याण्डसँग बराबरी खेल्नु र दोस्रो खेल क्रोएसिया सँग ३-० ले लजास्पद हार्नुले अहिले अर्जेन्टिना निल्नु न ओकल्नु भएको छ ।

यो समूहमा क्रोएसिया १ खेल बाँकी छँदै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ भने अरु ३ टिमको दोस्रो चरणमा पुग्न एकले अर्कोको नतिजा कुर्नु पर्नेछ । त्यसैले पनि यो समूह अहिले रोचक बन्दै गैरहेको छ ।

आउँदो मंगलबार राती एक्कै समयमा भिन्नभिन्न रंगशालामा हुने खेलको नतिजाले भाग्य रेखा कोर्ने छ। क्रोएसियासँग आइसल्याण्ड बराबरी भएयता अर्जेन्टिनाले नाइजेरियालाई हराए अर्जेन्टिना अघिल्लो चरण जान पाउने छ । फेरि चारै टिम बराबरी मा रोकिएको खन्डमा नाइजेरिया दोस्रो चरणमा जाने छ ।

फेरि आइसल्याणले जति गोलको अन्तरले क्रोएसियालाई हराउँछ त्यसको १ गोल बडिले अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्छ अनि मात्र उस्को अघिल्लो चरण जाने ढोका खुल्छ । यदि दुवै टिमले बराबरको अन्तरमा हराए आइसल्याणड्को भाग्य चम्केर आउने त्यसैले पनि यो समूह रोचक भनेर गएको छ । अब के हुन्छ अनुमान गर्न गार्हो भएको छ यसको नतिजाको लागि मंगलबार मध्यरातसम्म पर्खन्नु पर्छ ।

विश्वले आश गरेको अर्जेन्टिनालाई त्यसमा पनि लियोनल मेस्सी जस्ता स्टार खेलाडी तर काठलाई धमिराले खाएर घर लडे जस्तै भएको जस्तो छ । अर्जेन्टिनाको अहिलेको टिम २०१४ मा जसरी चम्केको थियो मेस्सी यो विश्वकपमा पटक्कै चल्मलाउन सकेको छैन । मेस्सीको प्रदर्रशनले दर्शक निरास भनेका छन् । त्यसो त मेस्सीकै भर पुरै टिम भर परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार