नेविसंघ जिल्ला कार्य समितिको बैठक सातबुँदे निर्णय गर्दै सदरमुकाममा सम्पन्न

 


 

इलाम : नेपाली काँग्रेसको भातृ संस्था नेविसंघ जिल्ला कार्य समितिको बैठक सातबुँदे निर्णय गर्दै आज सदरमुकाममा सम्पन्न भएको छ ।

बैठकले संगठनको गतिबिधि बिरुद्ध कार्य गर्ने छजना संघमा आबद्ध बिद्यार्थीलाई संघको दुईबर्ष सम्म साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न संघको केन्द्रिय समितिमा सिफारीस गर्ने निर्णय गरेको छ ।

संघका कार्यबाहक अध्यक्ष प्रकाश भटटराईको अध्यक्षतामा बसेको बैठकले संघका महाधिबेशन प्रतिनिधि बिश्वबन्धु राई, क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष ध्रुब राई, साधारण सदस्य प्रज्ववल भट्टराई , लोकेश अधिकारी, बिप्लव दाहाल र अल्फा राईलाई कार्वाहीका लागि सिफारीस गर्ने निर्णय गरेको हो ।

संघको अधिबेशनबाट निर्वाचित जिल्ला कार्य समिति इलामलाई आफूहरुले बर्खास्त गरेको र नेविसंघ जिल्ला कार्य समिति इलामका आधिकारीक ब्यक्तिहरु आफूहरु नै भएको काँग्रेस जिल्ला समितिमा जानकारी पत्र दिँदै भ्रम सृजना गरेको र संगठन बिरुद्ध बिभिन्न गतिबिधिमा संलग्न रहेको भन्दै उनीहरुलाई कार्वाहीका लागि संघको केन्द्रिय कमिटीमा सिफारीस गर्ने निर्णय गरेको संघका उपाध्यक्ष टिकाराम पुरीले बताउनुभयो ।

यस्तै उनीहरुले लोकतान्त्रिक बिद्यार्थी भेलाको नाममा नेविसंघका सदस्य नभएका, अन्य बिभिन्न संगठनमा आबद्ध बिद्यार्थीको भेला राखेर समानान्तर जिल्ला समिति गठन गरेको भन्दै संगठनको मर्यादा र प्रतिष्ठामा समेत आँच पुरयाएको र बिधान बिपरीत कार्य गरेकोले उनीहरुमाथि कार्वाही हुनुपर्ने संघका सचिब लक्ष्मण चौलागाइँले बताउनुभयो ।

यस्तै सामाजिक सञ्जालमा समेत नेविसंघ जिल्ला समितिका पदाधिकारीलाई गाली गलौज गदैृ सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनीहरुको मान मर्यादामा आँच पुरयाउने कार्य गरेको कार्याबाहक अध्यक्ष प्रकाश  भटटराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार