बोली फुटाउन इलामको गजुरमुखी

इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकिय हिसावले उतृकृष्ठ गन्तब्य मानिन्छ । दैनिक सयौँ भक्तनहरु जाने गरेका भए पनि यहाँ पुग्ने पक्की सडक र भौतिक पुर्वाधारको कमी यथावत नै छ । धार्मीक आस्थाको केन्द्र मानिएको यहाँपुग्ने सडक चाँडो सुधार गरिनुपर्ने स्थानियको माग छ ।

धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । चारखोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा पर्दछ । बागबिर लिम्बूले यस गजुरमुखीको पत्ता लगाएको वताइन्छ । गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको किम्मदन्ती रहेको पुजारी चण्डीप्रसाद कँडेल बताउनुहुन्छ ।

विशेष गरेर निसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जन विश्वास छ । यहाँ एक पटक आएर नहुने वताइन्छ । गजुरमुखी सँग केहि माग्न आए पुरा भएपछि पुन आउनु पर्ने भएकाले पनि भक्तजन दुइ पटक अवश्य आउने गरेका छन् ।

शनिवार र मंगलबार विशेष भक्तजनहरुको घुइँचो लाग्ने र यहाँ छेवैमा रहेको देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठुलो मेला समेत लाग्ने गरेको छ ।

यहाँ नेपालबाट मात्र हैन भारतको सिक्कम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट भक्तजनहरु यहाँ आउने गरेका स्थानियवासी जिवनकुमार राई बताउनुहुन्छ ।

इलाम सदरमुकामबाट १३ किलो मिटर मेची राजमार्ग र त्यहाँबाट १३ किलो मिटर नै पक्की सडक हुँदै देउमाई नगरपालिकाको मंगलबारे पुगेपछि करिव एक घण्टा कच्ची सडक सवारी मार्फत नै यहाँपुग्न सकिन्छ ।
कच्ची सडक भएपनि हिउँद वर्खा नै सवारी सञ्चालन हुने भए पनि यस सडकले मात्र पर्यटकको संख्या बृद्धि गर्न पर्याप्त नरहेको स्थानिय वताउँछन् ।

यस क्षेत्रको विकासका लागि आफुहरुले पहलगरिरहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको भनाई छ । यस क्षेत्रमा पर्ने पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनमा केन्द्र र प्रदेश सरकार समक्ष पहल भइरहेको उहाँको भनाई छ ।

गजुरमुखी धार्मिक र पर्यटकिय हिसावले समेत जिल्लाकै अब्बल स्थान मानिन्छ । यहाँको भौतिक पुर्वाधार र पक्की सडक निर्माणमा चासो दिने हो भने यहाँ दैनिक हजारौँ पर्यटक भित्रिन सक्थ्ये । खान र बस्नका लागि सामान्य किसिमका होटल तथा लजको संख्या समेत बृद्धि भइरहेका छन् ।
यसलाई सिगार्न स्थानिय र जनप्रतिनिधिहरु लाग्ने अनी प्रसारप्रचार गर्न सके यस क्षेत्रका स्थानियको ब्यवसायिकता सँगै आयस्तर माथी उठ्ने थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार