इलाममा एक दिने व्यवसाय दर्ता प्रक्रिया करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

नयाँबुलन्द
सुजता सुनुवार

इलाम : इलाममा एक दिने व्यवसाय दर्ता प्रक्रिया करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

इलाममा विभिन्न क्षेत्रमा आवद्ध रही उद्योग सञ्चालन गरीरहेका उद्योगीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो ।६० जना उद्यम व्यवसायीहरुको सहभागीतामा भएको कार्यक्रममा सुनचादी व्यवसायी संघ इलामका अध्यक्ष देवेन्द्र शंकरले कर तिरेवापत सरकारी कार्यलयले दिने सेवा सुविधा नदिएको बताउनु भयो ।

यस्तै कर कार्यलयमा कर निरन्तर बुझाइरहे पनि कर शिक्षाकाबारेमा ज्ञान नहुदा भने समस्या यथावत रुपमा रहीरहेको इलाम चाइल्ड केयर इलामका सञ्चालिका सुनिता श्रेष्ठको भनाई थियो ।

सहभागीहरु अधिकांशले उद्योग खोलेर कर कार्यलयमा दर्ता गरी कर बुझाउन झन्झटिलो हुने गुनासो गरेका थिए । यी जिज्ञासामाथि कर कार्यलयका प्रमुखले समाधानका उपायसहित जवाफ दिनु भएको थियो ।

करदाता शिक्षाका विषयमा करदाता सेवा कार्यलय इलामका प्रमुख शिव कुमार राईले सहजीकरण गर्नु भएको थियो भने डिभिजन सहकारी कार्यलय इलामका लाल बहादुर श्रेष्ठले भने लेखा व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा सहजीकरण गर्नुभएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा जिल्ला सम्वनय समिति इलाम प्रमुख गणेश प्रसाद अर्यालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा अलैची व्यवसायी संघ इलामका अध्यक्ष विजय खाकी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम करदाता सेवा कार्यलय इलाम , घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय इलाम र नेपाल घरेलु तथा साना महासंघ इलामको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार