बेमौसमी सब्जी खेती तालिम सम्पन्न

अशोक लिम्बु इलामे 

सुर्योदय : इलामको सुर्योदय नगरपालिका वडा नम्बर ८ मा  तिन दिने बेमौसमी सब्जी खेती तालिम सम्पन्न  भएको छ ।

वडाको बिनियोजित बजेट र अजम्बरी कृषी समुहको आयोजनामा तालिम २०७५-०३-०५ देखि   वडा कार्यालयमा संचालित उक्त तालिमको  हिजो एक कार्यक्रम गरि  सम्पन्न  भएको हो ।

कार्यक्रम संस्थाको अध्यक्ष मिलन नेपालको अध्यक्षतामा र  वडा सदस्य रमेश प्रधानको प्रमुख आथित्यता साथै  वडा सदस्य द्वय सबिना नेपाल , लाल बहादुर तामाङ र  कार्यालयका कम्प्युटर अपरेटर अशोक लिम्बुको उपस्थितिमा  सम्पन्न भएको कार्यक्रममा संस्थाका सचीवले स्वागत मन्त्यब्य राखेका थिए  ।

तालिममा  सहभागी ६१ मध्ये एक महिला एक पुरुष र  कम्प्युटर अपरेटर साथै  वडा सदस्य प्रमुख, अथिती लगायतले मन्तव्य राखेका थिए ।

उक्त तिन दिने सम्म को तालिम को सहजीकरण   फिक्कल कृशी सेवा केन्द्र का प्रशिक्षक नागेन्द्र तामाङले  गरे भने कार्यक्रम अनिश याख्खाले सन्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार