आज वर्षकै लामो दिन

काठमाडौं : आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन्दु २३ डिग्री चार मिनेटमा पर्ने हुन्छ ।

९० अंशमा पर्दा दिन र रात बराबर हुन्छ भने २३ डिग्री चार मिनेटमा पर्दा उत्तरी गोलार्द्धमा दिन लामो हुने र दक्षिणी गोलार्द्धमा रात लामो हुने हुन्छ । आज सुर्य र पृथ्वी २३ डिग्री चार मिनेटमा पर्ने ज्योतिषी डा. सुनील सिटौलाले बताए । उनका अनुसार नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने हुँदा नेपालमा आज दिन वर्षकै लामो हुने र अस्ट्रेलिया लगायत दक्षिणी गोलार्द्धमा आज दिन वर्षकै छोटो हुने हुन्छ ।

भोलिदेखि क्रमिक रुपमा दिन छोटो र रात लामो हुँदै जानेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया आजको दिन लामो हुन्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिखमध्ये कुनै एक दिन पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार