दलाल मानसिकताका मानिसहरु रवि विरुद्ध सलबलाएका छन

‘सिधा कुरा प्रधानमन्त्री संग’ नामको कार्यक्रम बाबुराम प्रधानमन्त्री हुँदा सरकारी स्वामित्वको टेलिभिजन नेपाल टेलिभिजन बाट सुरु भएको हो,जसको संचालन डा. नवराज लम्सालले गर्ने गर्थे । सुशील कोईराला लगायतको पालामा रोकिएको उक्त कार्यक्रमलाई ओली प्रधानमन्त्री भए पछि निरन्तरता दिइयो र प्रस्तोता भए- रवि लामिछाने । कागजी रूपमा रवि त्यतिबेला पनि अमेरिकी नागरिक थिए । पासपोर्ट त्यागेका थिएनन । तर स्वीकार्य भए । पछि प्रचण्ड सरकारको पालामा उनलाई जबर्जस्ती हटाइयो र वविन शर्मा नामका पत्रकारलाई प्रस्तोता बनाइयो ।

लेखक : हेमन्त गिरी ( हाल जापान )

रविले न्यूज २४ टि भी बाट काऊन्टर कार्यक्रम सुरु गरे ‘सिधा कुरा जनता संग’ जसले प्रधानमन्त्री संग गरिने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसंग’ लाई सम्म ओझेल पारिदियो ! किनकि त्याहाँ उनले सर्वसाधारणका साना-ठूला समस्या उठाइदिएर नागरिकको मन जित्ने काम गरे ।

वर्षौंको कुशासन बाट वाक्क दिक्क भएका नागरिकले रविको कामलाई देवत्वकरण गर्न नै बाध्य भए जुन नितान्त स्वाभाविक हो,प्रकृतिक हो । यस बिच देशमा धमिराको रूपमा रहेका केही दलाल मानसिकताका मानिसहरु विशेष गरी पत्रकारहरु र त्यसमा पनि विशेष तत्कालीन माके सम्बद्ध पत्रकारहरुको नजरमा रवि बिझाए । उनका नागरिकता लगायतका कमजोरी खोजेर प्रहार गर्ने काम गरियो ।

रविले विदेशी पासपोर्ट त्याग्ने र आजीवन देशको लागि काम गर्ने सार्वजनिक उद्घोष गरे र त्यही अनुसार प्रक्रिया गरिरहेका पनि छन । उनले विदेशी पासपोर्ट सम्बन्धित देशको दूतावासलाई बुझाइसकेका छन । क़ानूनी प्रक्रिया लम्बिएको एहेम मौका पारी एकपटक फेरि तिनै दलाल मानसिकताका मानिसहरु रवि विरुद्ध सलबलाएका छन । दलको तलवा चाटेर पेट भरेकाहरु अहिले छाद्न आतुर छन । 

रवि गैर क़ानूनी थिए भने ओली पहिलो पटक प्रम हुने बेला नेपाल टेलीभिजनमा ल्याइने बेला नै थिए । तर त्यतिबेला कोही बोलेनन किनकि त्याहाँ नेताको सुश्रुशा थियो अहिले जनताको सेवा गरिरहेका छन,दलालहरु उनी माथि खनिएका छन ।
देश सतिले सरापेको देश हैन,दलालले हडपेको देश हो । तर हामी हार नमानौं । रविले क़ानूनी प्रक्रिया पूरा गर्नेछन र दलालहरुको ढाड सेकिरहनेछन ।

लामिछाने रवि मात्र किन ? नागरिक चेत भएका तपाइँ हामी सबै रवि हौं । बस् , तपाइँ हरु आफ्नो आफ्नो ठाउँ बाट सर्वसाधारणलाई सु-सूचित गरिरहनोस् ।
दलालीकरण विरुद्धको आन्दोलन लामो हुन्छ । हामी धैर्यताका साथ हजारौं रविहरु जन्माउने अठोटका साथ अघि बढौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार