बिक्नै छोड्यो अलैचीको बिरुवा

गोबिन्द पौडेल

रोङ : गत बर्षहरुमा निक्कै चर्चा लिएर फस्टाएको अलैचीको बिरुवा ब्यपार यसपाली भने ह्वात्तै घटेको छ ।

नेपालकै निर्यात ब्यपारको सबैभन्दा बढी हिस्सा लिएको अलैची संक्रामक रोगको कारणले मासिएपछि किसानहरुले परंपरागत तरिकाको खेती छाडे नया तरिकाले गर्न थालिएपछि पुन स्थापना हुदा नेपाली किसानहरु पुन अलैची खेतीमा आर्कषित भएकोले बिगतका बर्षहरुमा अलैचीको बिरुवाको ब्यपार निक्क्ै फस्टाएको थियो तर किसानले अलैची लगाउने जति बारीमा अलैची रोपिसकेका र संभब्य अलैची हुने स्थानको लागि स्थानिय क्षेत्र र किसानहरुले आफै पर्याप्त बिरुवा उत्पादन गरेको कारण यसबर्ष बिरुवा बिक्न नसकेको हो ।

गत बर्षहरुमा बैशाखको अन्तिम साताबाट बिरुवाको निकासीहुने रोङ ६ जिर्मलेबाट यस बर्षशुन्य निकासी रहेको छ.। रोङ ६ मा बिगत बर्षहरुमानै अलैचीको बिरुवा उत्पादन गरेर बिक्रि गदै आएको यावा, बेद, अधिकारी र वाइवा नर्सरी उद्योगमा बेच्नलाइ तैयारी रहेको रामशाइ , गोलसाइ , जिर्मले र साउने जातको करिव बत्तीस लाख जति बिरुवा उखेलेर नष्ट गर्नु परेको अधिकारी नर्सरी उद्योगका प्रोपाइटर याम अधिकारीले बताए ।

गत बर्षदेखी नै मेची अञ्चलका जिल्लाहरुमा अलैचीका बिरुवा जान छाडेकामा पश्चिम नेपालको दोदखा म्याग्दी लगागतका जिल्लामा निर्यात भएकोमा यसबर्ष माग नै नआएको र गरिएको अग्रिम मागपनि रद्ध गरिएको बेद नर्सरी उद्योगका बेद बहादुर राइको भनाइ छ । त्यसो त जिर्मलेबाट बिगतका बर्षहरुमा अन्य ठाउका किसानहरुले नर्सरी उद्योगबाट मात्र हैन सोझै किसानहरुबाट पनि दशौलाख अलैचीको बिरुवा किनेर लैजाने गरेका थिए ।

यसबाट जिर्मलेका बिरुवा उत्पादन गर्ने किसानहरुले बिरुवा बेचेर लाखौ रुपैया भित्राउन सफल भइ रहेका भएपनि यस बर्ष भने लगानीनै नष्ट भएको छ । जिर्मलेका नर्सरी उद्योग संचालक हरुले नेपालका अन्य अलैची उत्पादन हुने जिल्लाका क्षेत्रहरुमा जमिन भाडामा लिएर अलैची खेती गर्ने गरेको र अन्य किसानहरुलाइ अलैची खेतीमा प्रोतसाहन गर्न भोजपूर र खोटाङ्ग लगायतमा गरेको नर्सरी समेत नबिकेको किसान याम अधिकारीले बताए ।

पहिला नेपालको पाँचवटा जिल्लामा मात्र हुने अलैची खेती हाल नेपालको चालिस जिल्लामा पैmली सकेको , कम मेहनतमा बढी उत्पादन साथै मुल्य उच्च भएको कारण धेरै आम्दामी लिन सकिने भएकोले केही किसानको मोह अलैची खेतीमा बढेको भएपनि मुल्यमा आएको गिरावट र अनय स्थानमा अलैची खेतीको लागि सरकारी असहयोग र चेतनाको कमीले पनि किसानहरु अलैची खेतीतिर आर्कषित हुन नसकेको अधिकारीको भनाइ रहेको छ ।

इलाममा पुराना प्रजातीको अलैची रोगको कारण नस्ट भइ सक्दा समेत जिर्मले नया प्रजातीको अलैचीको उत्पादन राम्रो भएको र इलाम र अन्य जिल्लाहरुमा यस जातको बिरुवाको माग बढेकोले जिर्मलेका किसानहरुले ब्यवसायिक रुपमानै अलैचीको बिरुवा उत्पादन गरेर बिक्रि बितरण गर्दै आएका थिए तर अलैची खेतीमा संभावना हुदाहुदै चुनौती समेत रहेको अवस्थामा बिरुवा बिक्रि र बितरणमा सस्तो लोकप्रियता छरेर बेच्ने कुराले समेत प्रभाव पारेको छ यता अलैची खेतीको प्रबधन गदै आएको अलैचि बिकास केन्द्र फिक्कलमा पाच छ लाख बिरुवा रहेको छ ।

नेपालकोवाजुरा ,मकवानपुर र पाचथरमा मात्र लगिएकोर खासै माग नआएको अलैचि बिकास केन्द्रका प्रमुख पदम प्रसाद अधिकारीले बताए ।े बिउबाट उमारीएको राशाहइ, गोल्साइ , भालाङ्गे र जिर्मले जातको नर्सरी राखिएको तीस देखी बत्तीस महिनाको बिरुवा कृषि कार्यलय र प्राबिधिकको सिफारीस अनुसार उपयुक्त हावापानी र उच्चाइमा केन्द्रले बितरण गदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार