चीनमा पुगेर प्रधानमन्त्री ओलीले भने– नेपालको समृद्धिको चाहना पूरा हुन्छ

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।

बेइजिङस्थित नेपाली दूतावासमा सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको समृद्धिको लक्ष्यमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

मुलुकभित्रकै साधन, स्रोत र छिमेकीको साथ लिएर नेपाल समृद्ध बन्न भन्दै उनले संयुक्त लगानी र सहकार्यबाट चीन र नेपालका दुवै देशका जनताले लाभ लिन सक्ने बताए ।

भएका सम्झौताले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित गर्ने जानकारी दिएका प्रधानमन्त्री ओलीले समृद्ध र गतिशील मुलुक बनाउन पर्यटन, कृषि, उद्योगका क्षेत्रमा सहकार्यमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार