दलालको प्रलोभनमा परी भारततर्फ जाने महिलाको संख्या बढदो

इलाम : गरिबी, बेरोजगार, अशिक्षा र नेपाल भारतको खुल्ला सीमानाको कारण दलालको प्रलोभनमा परी भारततर्फ जाने महिलाको संख्या बढदो छ।

राम्रो जागिर र सुखी जीवनयापनको  प्रलोभनमा पारि १२ वर्षदेखि २५ वर्षसम्म उमेरका महिला तथा बालबालिका दलालहरूले सजिलै  सीमा कटाउने गरेको माइती नेपाल आवधिक गृह पशुपतिगरको तथ्यांकले देखाउँछ। माइती नेपालको तथ्यांक अनुसार सन् २०१६ देखि हालसम्म हराएको निवेदन परेका १२५ जना मध्ये ३५ जनालाई भारतका विभिन्न स्थानहरूबाट फेला पारी परिवारको जिम्मा लगाइएको छ। ‘हराएको भनी निवदेन दिने अनि फेला परेपछि जानकारी नगराउने प्रवृत्तिले पनि हराएको संख्या धेरै देखिएको हो’ माइती नेपाल पशुपतीनगरका प्रमुख होम ढकालले भने, ‘गत साल ६४ जना बालबालिकाहरूलाई सिमा क्षेत्रबाट फर्काइएको थियो।

यो बर्ष २० वर्ष आसपासकालाई ललाइफाकाइ गरेर लग्ने क्रम बढेको छ ’ भूकम्पपछि भारततर्फ जानेको संख्या उच्च भ एपनि अहिले भने विस्तारै नियन्त्रणमा आएको ढकालले बताए। पशुपतिनगरको मुख्य नाकामा माइती नेपालका कर्मचारी र नेपाल प्रहरीको टोली खटिने भए पनि दलालले सीमा क्षेत्रका साना गोरेटोबाट नेपाली चेली सीमा कटाउने  गरेका छन्। मुख्य नाकाबाट भन्दा पनि सहायक नाकाबाट बढी नेपाली चेलीहरूलाई भारतका विभिन्न ठाउँमा लगेर यौन हिंसासँगै जोखिमपूर्ण काममा लगाउने गरेको माइती नेपालको भनाइ छ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएकाले दलाललाई नेपाली महिलाहरूलाई फकाएर भारत कटाउन सजिलो भएको हो। राम्रो र सजिलो काम लगाइदिने बहानामा भारत पुर्‍याएका महिलाहरू यौन हिंसाको सिकारमा पर्ने गरेको माइती नेपाल पशुपतीनगरका प्रमुख होम ढकालले बताए। माइती नेपाल आवधिक गृह पशुपतिनगरका अनुसार सन् २०१६ यता  कामको प्रकृति र स्थानको जानकारी नभइ भारत जान खोज्ने ३०८ जना महिलालाई सीमा क्षेत्रबाट फर्काइएको छ। नेपालबाट भारत जाने सवारीसाधनमा चेकजाँचका क्रममा पशुपतिनगरको मुख्य नाकाबाट उनीहरूलाई फर्काइएको हो।

माइती नेपालको पशुपतिनगर आवधिक गृहमा हराएका मानिस खोजबिनका लागि १३० वटा निवेदन दर्ता भएका छन्। हराएका मध्ये १५ वर्षमूनीका बालिका, किशोरी, महिलासँगै  पुरुष रहेका छन्।  त्यसमध्ये भारतको सीमा क्षेत्र मिरिक, सिलिगुरि र दार्जीलिङबाट ३५ जना फेला परेका थिए।   घरेलु हिसाका घटना ३७ वटा दर्ता भएका थिए। निवेदन उपर नेपाल प्रहरी, माइती नेपालको समन्वयनमा पीडित र पिडक दुवै पक्षको छलफलपछि मिलापत्र गरिएको थियो।  पूर्वी पहाडको नाका पशुपतीनगर हुँदै बैदेशिक रोजगारीको प्रलोभनमा पर्याप्त जानकारी नलिइकन भारतीय सहरमा जाने अधिकांश महिलाहरू श्रम शोषण, यौन हिंसा पर्ने र हराउने गरेका छन्।

आर्थिक अभावले घरेलु हिसा बढ्ने त्यही बेला दलालको  प्रलोभनमा परेर दिनहु किशोरीहरू सीमा क्षेत्रका चोरबाटो भएर भारत जाने गरेका छन्। मानव बेचविखनलार्इ न्यूनीकरण गर्नका लागि माइती नेपालले सीमापारी सुकिया, मानेभञ्ज्याड र मिरिकमा अन्तरदेशीय समन्वय समिति बनाएर नियन्त्रणको प्रयास गर्दै आएका छ। सीमा क्षेत्रमा माइती नेपालमार्फतका महिला संजाल गठन गरेर नियन्त्रणका प्रयास गरिए पनि सुरक्षाकर्मीको उपस्थिति कम भएकाले नियन्त्रणमा कठिनाइ रहेको होम ढकाल बताउँछन्। उनी भन्छन् ‘माइती नेपाल र सुरक्षाकर्मीको उपस्थिति पशुपतिनगर नाकामा मात्रै रहने गरेकाले सीमा क्षेत्रका अन्य बाटोहरूबाट नेपाली किशोरी, महिला दलाललाई भारत कटाउन सहज भएको  छ।

नेपाल भारतका दुवै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले दलाललाई श्रीमान् श्रीमती हो भनेर ओहोरदोहोर गर्न सजिलो हुने गरेकाले पूर्ण रूपमा नियन्त्रण गर्न सकिएको छैन।’ पश्चिम नेपालबाट इलाम घुम्न लाने भन्दै दलालले फकाउने र इलाम आएपछि दार्जिलिङ घुम्न लाने भन्दै सीमा कटाउने गरेको ढकाल बताउँछन्। सीमा कटाइएका धेरैजसो महिलाहरू गरिबीको रेखामुनिका छन्। सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ र जौबारीमा मात्रै  प्रहरीको उपस्थिति रहेकाले मानव बेचबिखन नियन्त्रणमा समस्या रहेको प्रहरीको भनाइ छ।

मानव बेचविखन नियन्त्रणका लागी माइती नेपाल र प्रहरीको समन्वयमा सीमा क्षेत्रका विद्यालय, व्यापारीक केन्द्रका व्यपारी, यातायात व्यवसायीलाई सचेतना मुलक कार्यक्रम संचालन हुँदै आएको छ। त्यस बाहेक सीमा कटाइएका महिलाहरूलाई उद्धारका लागी सजिलो होस भनेर क्रस बोडर बैठकहरू गरिदै आएको छ। झापाको बाहुनडाँगीदेखि इलामको माइमझुवासम्मका चोरबाटाहरू धेरै रहेकाले ती क्षेत्रमा सुरक्षा संयन्त्र बढाउनुपर्ने देखिन्छ।thahakhabar.com    बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार