माङसेबुङ ३ वडा खेलकुद समिति अध्यक्षमा आङदेम्बे

नयाँ बुलन्द

इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा वडा खेलकुद समिति गठन भएको छ ।

सोमबार माङसेबुङ वडा नम्बर ३ स्थित आदिपुरमा भएको वडा भेलाले कृष्ण आङदेम्बेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा सुबास राई, सचिवमा बलहाङ साम्बा, सह–सचिवमा सरिता राई, कोषाध्यक्षमा उषा राई, सदस्यहरुमा उदेश्य लिम्बु, सुजन राई, बिशाल लावती, मिलन राई, बिष्णु बुढाथोकी, राजकुमार राई, बुद्धि आङला, जुनु साम्बा, ललित साम्बा र निर्मला साम्बा रहेका छन् ।

माङसेबुङ खेलकुद समितिका अध्यक्ष राजेन्द्र खजुमको उपस्थितिमा भएको वडा भेलामा वडा भरिका अन्य खेल क्षेत्रका अग्रज व्यत्तित्वहरु र अन्य सरोकारवालहरुको समेत उपस्थिति रहेको सह–सचिव सरिता राईले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार