जंगली जनावरले हैरान बनायो किसानलाइ

गोबिन्द पौडेल

रोङ : पिडा नै पिडा खेपीरहेका पूर्वी इलामका किसानहरुलाइ जंगली जनावरे हैरान बनाएको छ ।

बिगतबा बर्षहरुमा रातको समयमा हुलका हुलको संख्यामा आउने बदेलको समुहले किसानले लगाएको बालीनाली खनेर उखेली दिने इस्कुस ,आलु ,पिडालु, तरुल र कोदो जस्ता बालीनाली खाएर नास पारिदिने गरेको थिथो भने यतिखेर जंगली जनावर काला र दुम्सीले किसानहरुलाइ सताएको छ ।

कालाले यो सिजनमा उत्पादन हुने काक्रा खान थालेपछि किसान चिन्तामा परेका छन् । हरेकरात बोटमा आधा आधा गरेर पन्ध्र देखी बिस वटासम्म ठुटा देखिन थालेपछि समस्यानै भएको रोङ ६ का किसान सेर बहादुर रिजालले बताए । उनी थप्छन् एउटा खाए त अघाउथ्यो होला तर एक गासमात्र खाने धएपछि नोक्सानीको सिमा नै छैन ।यता रातमानै दुम्सीले पाक्न लागेको मकै सखाप बनाएको सु.न.पा ६ तारगाउका बेद प्रसाद गड्तौलाले बताए ।

बर्ष र पानी परेको बेला रुगेर पनि साध्य नहुने र खोज्दा पनि नभेटीने रोङ ६ का किसान गिरीराज प्रधानले बताए । पछिल्लो समयमा हरेक गाउमानै बदेको समुह रहने भएकोले किसानहरु नियमित घास दाउराको लागि जंगल जान समेत त्राहिमान हुन थालेका थिए ।

प्रसासनले बिगत बर्षमा घरेलु बन्दुक नियन्त्रणमा लिएपछि अबैध चोरी सिकार गर्ने क्रम नियन्त्रण भएपछि किसानहरु जंगली जनावरबाट पिडीत बन्न थालेका हुन । बिगत लामो समयदेखी पूर्बी इलामका किसानहरु यस समस्याबाट पिडीत भएपनि हालसम्म सरकारी निकायबाट कुनै सहयोग पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार