दाजु बहिनीबीच नै प्रेम विवाह, समाजले अस्वीकार गरेपछि दुवैले गरे आत्महत्या

प्युठानमा नाताले दाजु बहिनी पर्नेबीच प्रेम विवाह भएको छ । आफूहरुको प्रेम विवाहलाई आफन्त तथा समाजले अस्वीकार गरेपछि उनीहरुले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

झिम्रुक गाउँपालिका–५ का २३ वर्षे एक युवक र १७ वर्षीया युवतीले आफूहरुको प्रेमलाई अस्वीकार गरेपछि विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

शनिबार आत्महत्या गरेका भएपनि सो घटना भने आइतबार मात्रै सार्वजनिक भएको छ । उनीहरुको आफन्तले सोमबार शव बुझेर अन्त्येष्टि गरेका छन् । १३ दिने दाजुभाइका छोराछोरी रहेका उनीहरुको अन्त्येष्टि गरिँदा गाउँ नै शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार