पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगियो

यति एयरलाईन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । पोखरा विमानस्थलमा आज यति एयरलाईन्सको विमान दुर्घटना हुनबाट जोगिएको हो ।  चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडांैबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएको थियो ।

घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच पनि भइरहेको कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार विमान चिप्लिएर घाँसे मैदानमा पुगेपनि ठूलो दुर्घटना नभएको हो । विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार