सात हप्ते विपत पूर्व तयारी शृङ्खलाबद्ध प्रशिक्षण सम्पन्न

 सुजता सुनुवार

इलाम : उद्योग वाणिज्य संघ अन्तरगतको अमेरिकन कर्नर इलामले सञ्चालन गरेको सात हप्ते विपत पूर्व तयारी प्रशिक्षण शनिबार सम्पन्न भएको छ । कर्नरको इलाम शाखा कार्यलय इलाममा प्राकृतिक विपतबाट बच्न पूर्वतयारीकाबारेमा ज्ञान दिने उद्देश्यले प्रशिक्षण शुरु गरिएको थियो ।

तालिममा विद्यार्थीहरुलाई प्राकृतिक विपतमा के के पर्छन् , आकष्मिक रुपमा आईपरेका विपतमा कसरी बच्ने , सुरक्षित स्थानको छनौट कसरी गर्ने भन्ने पक्षमा केन्द्रित भई प्रशिक्षण दिइएको कर्नरले जनाएको छ ।

विपतमा आफू सुरक्षित रहेपछि साथी , परिवार, समुदाय, समाजका व्यक्तिलाई कसरी बचाउने , बच्न आफू निकट अन्य व्यक्तिलाई सुसुचित गराउन के गर्ने भन्ने पक्षको समेत जानकारी गराईएको कार्यक्रम संयोजक हेमसागर पौडेलले बताउनु भयो ।

मावि तहमा अध्ययनरत विद्यार्थीले सिकेका सिपलाई सदुपयोग गर्न आफ्ना जुनियर साथी , अविभावक लगायतलाई सचेत गराउन सक्रिय भई लाग्ने समय पर्याप्त हुने र गर्ने भएकाले यस्ता विद्यार्थीको छनौट गरी शृङ्खलाबद्ध प्रशिक्षण दिइएको बताइएको छ ।

प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै लाईब्रेरी व्यवस्थापन समिति सदस्य तथा प्याब्सन अध्यक्ष विकास कर्मचार्यले ज्यादै महत्वपूर्ण विषय छनौट गरी प्रशिक्षण दिइएको बताउनु भयो ।

विपत्त जोखिमबाट इलाम पनि अछुतो नरहेको बताउदै कर्मचार्यले सिकेका सिपलाई युगान्तकारी अङ्कुशका रुपमा निरन्तर प्रयोग गर्न सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।

यस्तै महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका शिक्षक दिपेन्द्र ङ्गदुलालले भने यस्ता ज्ञान लिन सफल कोही भए २०७२ वैशाख १२ गतेको भूकम्पमा आत्तिएर ज्यान गुमाउनेको संख्या कम हुने बताउनु भयो ।

नेपाल रेडक्रस इलामका कुमार श्रेष्ठको सहजीकरणमा सम्पन्न तालिममा विभिन्न विद्यालयका एक सय ६८ जना विद्यार्थीको सहभागीता रहेको थियो ।

गत मे सात तारिखबाट सुरु भएको प्रशिक्षणमा १३ स्कूल दुई कलेजका गरी १५ विद्यालयका प्रति विद्यालय ६ छात्रा र ६ छात्रको सहभागीता रहेका कर्नरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार