उद्यमशिलता विकास तालिम सम्पन्न

 युद्धबहादुर बोहोरा

पाँचथर : फाल्गुनन्द ४ र ५ मा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पाँचथर द्वारा आयोजित १० दिने उद्यमशिलता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ।

शाखका निमित्त बरिस्ठ उद्योग अधिकृत विवेककुमार झाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष देवित्रा आङ्देम्बेको प्रमुख र वडा न.५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको विशेष आतिथ्यमा उत्पादनमुलक सीप सम्बन्धि तालिमको समापन भएको थियो।

शाखाका अधिकृत विवेककुमार झा र प्रशिक्षक नारायण सुवेदीले तालिमको सहजीकरण गरेका थिए। तालिममा प्रशिक्षार्थिहरुलाई कुन व्यावसाय,कसरी,किन र के ? गर्दा दीर्घकालीन,उत्पादनमुलक तथा आयमुलक बन्न सक्छ भन्ने बारेमा प्रशिक्षण दिए। तालिम लिएर व्यावसाय संचालन गरेपछि सम्बन्धित व्यावसायलाई घरेलु तथा साना उद्योग विकास समिति कार्यालयमा दर्ता गराउनुपर्ने छ।

व्यावसाय गर्न इच्छुकलाई चाहिने मेशिन तथा औजारहरु ८० प्रतिशत छुटमा प्रविधि हस्तान्तरण गरिने र पुँजी वृद्धि गर्नु परेमा मापदण्ड र उदेश्यको अवलोकन गरि रु.एक लाख देखि पाँच लाख सम्म कर्जा प्रवाह गर्न सकिने प्रशिक्षले बताए। त्यस्तै,सिटिइभिटि द्वारा मान्यता प्राप्त प्राविधिकबाट दश जना दलित महिलाहरुलाई दालमोड,आलुचिप्स र दुग्द परिकार बनाउने सात दिने तालिम तत्काल शुरु गरिने अधिकृत झाले जानकारी दिए।

वडाका दलित ,आदिवासी र पिछडिएका क्षेत्रका २६ जनाको सहभागीता रहेको तालिममा प्रमुख र विशेष अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार