फ्रान्सद्धारा अष्ट्रेलिया २ – १ गोल अन्तरले पराजित, रोमाञ्चक प्रतिस्पर्धाकाबिच फ्रान्सले नतिजा आफ्नो पक्षमा पार्यो

काठमाडौँ । फिफा विश्व वरीयताको ३६ औं स्थानमा रहेको अस्ट्रेलिया र ७ औं स्थानमा रहेको फ्रान्सबिचको रोचक प्रतिस्पर्धाकाबिच फ्रान्सले जित आफ्नो पक्षमा पार्दै खाता खोलेको छ ।

पहिलो हाफसम्म कुनै पनि देशले खाता नै खोल्न नसकेको अवस्थामा दोस्रो हाफ सुरु भएको केही मिनेटमा नै फ्रान्सका एन्टोनी ग्रिजम्यानले ५८ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेपछि सुरु भउको गोल गर्ने शिशिला ८० मिनेटमा गरेपछि सोही गोल नै जितका लागी निर्णायक बन्यो । त्यसअघि ६२ मिनेटमा अष्ट्रेलियाका माइल जिदेनाकले जवाफी गोल गरेपछि खेल रोचक मोडमा पुगेको थियो । पहिलो खेलमा शानदार प्रस्तुती दिँदै जितसँगै फ्रान्सले आँफु फर्ममा भएको प्रमाणीत समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार