पछिल्लो समय पुनः लयमा फर्किएको मोरक्कोलाई इरानले अन्तिम मिनेटमा चखायो हारको स्वार

काठमाडौँ : फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा इरान र मोरक्कोबीचको खेलमा इरानले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बनेको छ । ९० मिनेटसम्म पनि खेल निकै प्रतिस्पर्धाकाबिच रोमाञ्चक मोडमा प्रवेश गरिरहेका बेला खेलको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा अजिज बौद्धजले गरेको गोल नै निर्णायक गोल बन्यो ।

निकै प्रतिस्पर्धाकाबिच पहिलो हाफको खेल सकिदाँ सम्म कुनै पनि टोलीका तर्फवाट गोल हुन सकेन । इरानले खेलका दौरान गोल गर्ने केहि सुन्दर अवसर प्राप्त गर्दा समेत फिनिसिङ् राम्रो हुन नसक्दा खेलमा अग्रता कायम गर्नबाट चुक्यो। खेलमा भने मोरक्को इरानमाथी हावी भए पनि अन्तिम समयमा आएर मोरक्को खाता नै खोल्न नसकी पराजय बेर्होन बाध्य बन्यो । प्रतिभावान् खेलाडी भएर पनि अफ्रिकी फुटबलमा लामो समय गुमनामजस्तै रहेको मोरक्को पछिल्लो समय पुनः लयमा फर्किएका बेला उसले आजको नतिजा सुखद निकाल्न नसकेका कारण उसका फ्यान चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार