इलामका होटलहरुमा गुणस्तरको अभाव

इलाम : इलाममा शुक्रबार होटलहरुको खाद्य गुणस्तर अनुगमन गर्दा गुणस्तरको अभाब भेटिएको छ ।

क्षेत्रिय खाद्य गुणस्तर नियन्त्रण कार्यलय बिराटनगर र होटल एसोसिएसन इलामको सयुक्त ं आयोजनामा इलाममा भएका होटल तथा मिठाइ पसलहरु अनुगमन गर्दा गुणस्तरको अभाब भेटिएको हो ।

इलाम बजारका २१ वटा होटल तथा मिठाइपसलको अनुगमनमा थ्रि–स्टार, टु–स्टर र वान–स्टार साथै पहेलो लोगो वितरण गरेको छ । इलाम बजारका होटलहरुमा थ्रि स्टार उच्च मानिने लोगो पाउने होटल एउटा मात्र भेटिएको छ । उत्तम मानिने टु स्टार पनि एक होटलले मात्र पाएको छ त्यस्तै सन्तोषजनक मानिने वान स्टार लोगो चार वटा होटल र एक वटा मिठाइ पसलले पाएका छन बाँकी १२ वटा होटलहरुले सामान्य लोगो पहेलो पाएका छन भने २ वटा होटलले बन्द गर्ने सम्मको चेतावनी पाएका छन् ।

त्यस होटल एउटामा मासुमा किरा भेटीएको र अर्कोमा धेरै फोहोर भेटिएको थियो । त्यस्तै धेरै जसो मीठाइ पसलमा हाइड्रो नामक केमिकल प्रयोग गरिएको पाइएकोले यसको प्रयोग तत्काल हटाउन सुझाव समेत दिइएको क्षेत्रिय खाद्य गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरका दिनेश ढुगानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार