‘५ वर्षभित्र एउटा पनि काठका पोल हुने छैनन्’ : नगर प्रमुख पोख्रेल (भिडियोसहित)

देउमाई नगरपालिकाका प्रमुख सुर्यप्रसाद पाख्रेल २०५४ को स्थानीय निर्वाचनमा समेत तत्कालिन जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएर स्थानीय निकायको अनुभव लिईसकेका व्यक्ति हुन् । गत १४ असारमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता होम दुलालाई पराजित गरी एमालेका तर्फबाट प्रमुखमा निर्वाचित पोख्रेल यतिबेला नगरलाई समृद्ध बनाउने अभियानमा छन् । प्रस्तुत छ प्रमुख पोख्रेलसँग नयाँ बुलन्द डटकमले गरेको कुराकानीको सम्पादित अंश :

केमा व्यस्त हुनुहुन्छ

देउमाई नगरपालिकालाई समृद्ध बनाउनका लागि पहिलो नगरसभाबाट पारित भएका आयोजनाहरुलाई द्रूत गतिमा अगाडि बढाईरहेका छौं । सबै टिम यसैमा लागेको छ । नेतृत्वकर्ताको हिसाबले म पनि यसैमा व्यस्त छु ।

तपाई नगरप्रमुखमा निर्वाचित भएपछि जनताले अनुभूति गर्ने खालको काम चाँही के के गर्नुभयो ?

हामीले नगरसभाबाटै धेरै नीतिगत निर्णय गर्यौं । दीर्घकालीन र अल्पकालनीन निर्णय गर्यौ । नगरप्रोफाइल र गुरुयोजना निर्माणको चणमा छौ । यो छोटो अवधिमा देउमाई नगरपालिकालाइै मुलुकककै स्थानीय तमध्ये भिन्न तरिकाले सञ्चालन गरिरहेका छौं ।

अहिले देउमाई नगरपालिकाले यहाँका वृद्धवृद्धालाई पोसाक भत्ता मासिक एक सयका दरले वार्षिक एकमुष्ठ एक हजार दुई सय रुपैयाँ पहिलो किस्तामा नै दिएका छौं । सुरक्षित मातृत्व अन्तरगत आमा र बच्चाको स्वास्थ्यका लागि बच्चा जन्मिएर वडा कार्यायमा जन्मदर्ता गरेर आएपछि पाँच हजार दिने गरेका छौं । यहाँका कुनैपनि नागरिकको मृत्यू भएपछि दाहासंस्कार खर्च मृतकका परिवारलाई पाँच हजार रुपैयाँ दिने गरेका छौं । राज्यले दीर्घरोगी भनी अस्पतालमा ढेड लाखसम्मको उपचार निहुल्क नर्् गरेको छ । तर अस्पतालसम्म पुग्ने पहुँच नभएका विरामीहरुका लागि अस्पतालसम्म पुग्ने यातायात खर्च पाँच हजार दिने गरेका छौं । यसरी नयाँ तरिकालाृ सामाजिक विकासको क्षेत्रमा अगाडि छौं ।

त्यसैगरी पूर्वाधारको क्षेत्रमा समेत नयाँ कामको सुरुवात गरेका छौं । दीगो विकासका लागि ११ वटा नगरस्तीय सडक भनेर १० मिटरे सडक निर्माण सुरु गरको छौं । यसलाई अबको सय वर्षसम्म बढाउन पर्दैन । यो सडक निर्माण सकेर लगत कट्टा पनि आगामी वर्षमा सुरु गर्दैछौं । स्तरोन्नति, गा्रभेलिङ र पिच गर्ने काम प्रदेश र केन्द्रीय सरकारलाई पठाउँदैछौं । नगरस्तरीय सडक निर्माणको काम अन्तिम चरणमा पुगेका छ । यसको अहिले जिल्लाभरी चर्चा छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिका कायम रहन तीन करोड आन्तरिक आम्दानी हुनुपर्छ भनेको छ । यहाँको अवस्था के छ

सरकारले २०७५ साउन १ देखि  एकीकृत सम्पति कर, घर नक्सा अभिलेखिकरण नगर्ने नगरपालिकाहरुलाई अनुदान रोक्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा हामी गत असोजमा नै नीतिगत निर्णय गरेर अगाढि बढेका छौं । घरनक्सा अभिलेखीकरण फागुनदेखि सुरु गरेका छौं । एकीकृत सम्पती करण वैशाखदेखि लागू हुने यसअघि नै निर्णय गरिसकेका थियौ । हामीले ऐन नियमको पक्षमा नगरवासीले अगाडि बढाईसकेका छौं । नगरपालिकालाई समृद्ध बनाउन तीन करोड राजस्व जम्मा गर्ने कुरामा राजनैतिक दल, उद्योगी, व्यापारी, व्यवसायी, संघसंस्थाहरु उत्साहका साथ लाग्नुभएको छ ।

हाामीले पहिले सामान्य बजेटिङ गरिरहँदा एउटा आन्तरिक आम्दानीको अनुमान गरेका छौ । यो वर्ष एक करोड ४७ लाखको आन्तरिक आम्दानीको अनुमान थियो । तर अहिलेसम्मको सिथ्त िहेर्दा दुर्ए करोड कट्ने स्थिती छ । अहिलेसम्म आन्तरिक आम्दानी ६० लाख जम्मा गरिसकेका छौं । जिल्ला समन्वय समितिमा मौजुदा रहेको हाम्रो बाँडाफाँडमा आउने आन्तरिक आम्दानी ३० देखि ३५ लाख छ । मालपोत रजिस्टेसन जहाँ १ करोडभन्दा तल आउने ९० प्रतिशत देउमाई नगरपालिकाको २८ लाख हाम्रोमा आउने स्थिती छ । यो सबै हेर्दा एक करोड १५ लाखको हाराहारीमा अहिले राजस्व आईसकेको छ ।

बाँकी दिनमा राजस्व राम्रो उठ्ने स्थिती छ । वैशाखदेखि एकीकृत सम्पति कर नगरपालिकालाई नतिर्ने सेवाग्रहीलाएै नगरपालिकाले सेवासुविधा रोक्ने यसअघि नै निर्णय गरिसकेको छ । वडा सचिवलाई राजस्व महिनामा दुई पटक दाखिल गर्न, बैंकमा दाखिला गरेको भौचर नगरप्रमुखको सचविालयमा बुझाउने निर्णय गरको छौं । जसका कारण राजस्वको स्थितीसोचेभन्दा राम्रो छ । र घरनक्सा अभिलेखीकारण र नक्सापासबाट समेत यो बीचमा राजस्व राम्रो उठ्ने स्थिती छ । यसकारण हामी नगरपालिकालाई थाम्न र समृद्ध बनाउन ढुक्का साथ अगाडि बढिरहेका छौं । व्यवस्थित र सुन्दर नगरको रुपमा विकास गर्न लागिरहेका छौं ।

तीन करोड आन्तरिक आम्दानी पुर्याउने र नगर टिकाउने कुरामा ढुक्क हुनुहुन्छ ?

हामी ढुक्क छौं । हामीले यो वर्ष एक लाख प्रक्षेपण गरेका छौं । आगामी वर्ष ३ करोड ४० लाख पुर्याउे अनुमानित डाटा मन्त्रालय पठाईसकेको छौं । पुर्याउँछौ । अर्को कुरा ३ करोड प्रदेश र संघीय सरकारसँग प्रतिशत बाँडफाँड गर्ने पनि होइन । यो यही खर्च हुन्छ ।

आम्दानीको श्रोत के के हुन् ?

स्थानीय तह सञ्चालन गर्ने सबैभन्दा राम्रो श्रोत चाँही एकीकृत सम्पति कर हो । त्यो बाहेक व्यवसाय कर, हाटबजार कर, विज्ञापन कर, ठेक्कापट्टाका लागि इजाजत दिन्छौं त्यसबाट कर, उद्योग तथा संघसंस्था दर्ताकर, विटौलिया कर लगायत नगरपालिकाका आम्दानीका श्रोत हुन् ।

त्यसबाहेक सेवाशुल्क पनि हुन् । अहिले सडक मान्छेले खन्दैन । सबैमा मेनिन प्रयोग हुन्छ । हामीले सेवाशुल्क लगाएका छौं । देउमाई नगरपालिकामा मेसिनलाई काम लगाईसकेपछि राज्यलाई तिर्ने कर त छँदैछ । त्यो बाहेक डेढ प्रतिशत सेवाशुल्क नगरपालिकामा बुझाउनुहुन्छ । यसवर्ष मात्र सेवाशुल्कबाट २० लाख आम्दानी हुन्छ ।

बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?

हामीले ३५ करोडको बजेट निर्माण गरेका थियौं । यो बजेटलाई समयमै सहज हिसाबले सम्पन्न गर्ने स्थिती छ । बजेट कार्यान्वयनको स्थिति सन्तोषजनक छ । हार्डवेरको काम ६० प्रतिशत सम्पन्न भईसकेको छ । सम्वभ जेठ मसान्तमा सम्पन्न गर्छौ ।

जुन सफ्टपेरको पाटा छन् । नगर प्रोफाइल, नगर गुरुयोजना निर्माण, सडकको डिपीआर निर्माण, अन्य विद्युतीय सरकार, हस्तलिखित बन्द गर्नुपर्छ भनेर हामीले वैशाखदेखि पञ्जीकरणको काममा अनलाईनबाट गर्दैछौं । साउन १ देखि पूरै हस्तलिखित बन्द गर्छौं । जसका लागि वडावडामा सहायक कर्मचारी र वडा अध्यक्षहरुलाई विद्युतीय सरकार अवधारणा सम्बधी तालिम र गोष्ठी गर्दैछौ । यी सबै कामहरु असारमसान्तसम्म सक्छौं ।

निर्वाचनका बेला धेरै प्रतिवद्धताहरु जनताबीच लैजानुभयो । कति पूरा भए, कति बाँकी छन् ?

हामीेले निर्वाचनका क्रममा जनतामा गरेका बाचाहरु लागू गर्न थालिसका छौं । जेष्ठ नागरिकालाई केही सुविधा दिन्छु भनेका थियौं सुरु गरिसकेको छु । सुरक्षित मातृत्व कायैक्रममा पाँच हजार दिने भनेको लागू गरिसकेको छु । दाहसंस्कार खर्च पाँच हजार दिने भनेकोमा सुरु गरिसकेको छु । औषधि उपचार खर्च पाँच हजार दिने प्रतिवद्धता गरेको थिए । त्यो समेत सुरु गरिसकेको छु ।

अर्को मैले नयाँ कार्यक्रम घोषणा गरेको छु । पास गरिसकेका छौ । यो उज्यालो नगर । ५ वर्षभित्र देउमाई नगरभित्र एउटा पनि काठका पोल हुने छैनन् । एउटा जनताले पनि बत्ती बाल्न पाइन भनेर आउने छैनन् । यो नगरभित्र १५ र २५ केभी क्षमताका ट्रान्सफर्मर हुने छैनन । यहाँ ५० केभी मुनिका ट्रान्सफर्मर आवश्यक छैन । यसले हाम्रा टुकटुके मिल समेत चल्ने छैनन् ।

यी कामहरु गर्नका लागि नेपाल विद्याुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यहाँ आउनुभएको बेला के सहयोग चाहिन्छ, हामी सहयोग गर्न तयार छौं भन्नुभएको छ । अहिलेसम्म ५० र १०० केभीका ७ वटा ट्रान्सफर्मर अपग्रेट गरिसकेको छु । र अहिले ४०० वटा काठका पोल फ्रेजआउट गरी फलामे पोल प्राप्त भईसकेको छ । विद्युत प्राधिकरणसँग समन्वय गरेर गरेको छ । देनपाले एक करोड २० लाख यो कार्यक्रमका लागि छुट्याएको छ । सडक बत्तीका लागि ५० लाख राखिएको छ । यी कार्यान्वयनका चरणमा छन् ।

कृषि र पशु स्थानीय तहको खासै प्राथमितामा परेन भन्ने गुनासो आएको छ नी ? के छ यहाँको अवस्था ?

देउमाई नगरपालिकामा कृषिमा पनि गुनासो छैन । पशुमा पनि गुनासो छैन । हिजो नेपाल सरकारले देउमाई नगरपालिकामा कृषिमा ३० देखि ३५ लाख बजेट थियो । मैले १ करोड व्यवस्था गरेको छु । अहिले भ्रमण तथा अवलोकनमा आउने धेरैले चर्चापरिचर्चा गर्ने गरेका छन् । उनीहरुले अन्यत्र गएर पनि देउमाई नगरपालिकाको चर्चा गरेका छन् । ताकि यहाँ कृषिमा १ करोड बजेट विनियोजन भएको छ । त्यो अहिले कार्यान्वयनको चरणमा छ ।

त्यसैगरी पशुमा वार्षिक १० लाख बजेट आउँदैनथ्यो । मैले ५५ लाख व्यवस्था गरेको छु । अहिले कृषक र पशुव्यवसायीहरु साँढे पाल्दैनन् । कृतिम गर्भाधान गर्छन् । नश्ल सुधार हुने र दूधपनि बढी आउने भएकाले कृषकहरु त्यतातिर लागेका छन् । मैले त्यसका लागि निशुल्क निशुल्क गरेका छु । कृतिम गर्भाधान सहकारी र पशु प्राविधिकहरुले सेवा दिईरहेका छन् । सबै मैले भुक्तानी गरिदिएको छ । कृषकले सेवा लिनुहुन्छ । मैले अनुदान दिएवापत नगरलाई कुनै शुल्क तिर्नु पर्दैन । सेवाशुल्कमात्र कृषकले तिर्छन् ।

नगर विकासका सम्भावनाहरु के के हुन् ?

विकास र समृद्ध नगरका लागि प्रशस्त सम्भावनाहरु छन् । सडक सञ्जालको दृष्टिले मंगलबारे केन्द्रमा पर्दछ । अहिले राँके देउराली हुँदै मंगलबारसम्मको १० मिटरको सडक सुरु भइसकेको छ । मंगलबारे जितपुर हुँदै झापा जोड्ने सडक उन्नतीको सहयोगमा निर्माणाधीन छ । अर्को रक्से मंगलबारे गजुरमुखी इभाङ चतुरे हुँदै दमक जोड्ने सडक छ । जहाँ १३ किलोमिटर पिच हुने क्रममा छ । यसैगरी मंगलबारे पुङफुङ एकतप्पा, फुएतप्पा हुँदै रवि जोड्ने सडक ९ किलोमिटर पिच हुने क्रममा छ ।

त्यस्तै पर्यटनका हिसाबाले पनि प्रसस्त सम्भावना भएका क्षेत्र छन् । यहाँको कुइभीर, जसलाई पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । यहाँबाट चिनका विभिन्न हिमाल तथा भारतका धेरै क्षेत्रहरु देखिन्छन् ।

त्यसैगरी चमैताको चित्रे । जहाँ शहिद रत्नकुमार वान्तवाले जन्मस्थान हो । त्यहाँ धेरै संरचनाहरु बनेका छन् । त्यसलाइई शहिद पर्यटकीय स्थलका रुपमा विकास गरेका छौं । जहाँ देशका विभिन्न क्षेत्रबाट अवलोकनका लागि मानिसहरु आउने गर्दछन् । त्यस्तै ठूलोनाँगी । संसारकै सबैभन्दा ठूलो लालीगुँरास यहाँ छ । गुफाथुम्की, झ्याउपोखरी, देवीडाँडा मन्दिर, जटेश्वर मन्दिर, शिखरबाबा धाम धार्मिक पर्यटकीय स्थलका रुपमा चर्चामा छ । त्यसैगरी पानीटारको चियाबारी, अजम्बरे डाँडा, सिद्धिथुम्काको चुली प्रसिद्ध छन् । जहाँबाट सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । अर्को महागुरु राष्टिय विभूती फाल्गुनन्द लिङदेनको ज्ञानभूमि । त्यहाँ अग्नीकुण्ड, चौविसै घण्टा बलिरहने निर्माणमा छौं । यस्ता धेरै धार्मिक तथा पर्यटकीय स्थालहरु छन् । जसलाई प्रर्वद्धन गर्नका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढ्ने तयारमिा छौं ।

त्यस्तै शैक्षिक क्षेत्रलाई हेर्ने हो भने, दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने विद्यालय छन् । जितपुर माविमा पशुविज्ञान छ । जुन विद्यालय नमुना विद्यालयका रुपमा अगाडि बढ्दै छ । त्यस्तै भानुभक्त माविमा इन्जिनियरिङ पढाई हुन्छ । यसबाहेक स्नातक तहको अध्ययन हुने एउटा क्याम्पस छ । तसर्थ सबै हिसाबमा देउमार्य नगरपालिकामा सम्भावना नै सम्भावना छ ।

अहिलेसम्म कतिवटा कानुन बनाईसक्नुभयो ?

अहिलेसम्म ७ वटा कानुन बनायौं । स्थानीय सरकार सञ्चालन गर्ने, राजस्व उठाउने, राजस्य अनुमान गर्नु, व्ययको अनुमान गर्ने जस्ता कानुनहरु निर्माण गर्यौ । ५ वटा कानुन स्वीकृत गेर लागू गर्ने चरणमा छौ । यो असारमसान्तसम्म सम्पूर्ण कानुन निर्माण गरिसक्छौं ।

न्यायिक समितिले कसरी काम गरिहेको छ ?

न्यायिक समति दुई महिना अघि मात्र गठन भएको छ । न्यायिक समिलिे लिखतको कुनैपनि काम गरेको छैन । समन्वय गर्ने, समझदारी गर्ने र दुवै पक्षलाई राखेर मेलमलिाप गर्ने सम्मको मात्र काम गरेका छ ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी भएको सुनिन्छ । यहाँको अवस्था के छ ?

हाम्रोमा केही समस्य छैन । सबैभन्दा सहम हिसाबले चलेको, अत्यन्तै धेरै कर्मचारीले सहयोग गरेको, राजनैतिक अग्रह पूर्वाग्रबेगार चलेको नगरपालिका यही हुनपर्छ । यहाँ कुनैपनि कुनै कुराको समस्य छैन । उहाँहरुले नगरको काममा राती १२ बजे पनि सहयोग गर्नेपर्यो भन्दा गर्नुहुन्छ ।

अन्य दलको सहयोग र समन्वय कस्तो छ ?

सबैको सहयोग छ । सबैसँग समन्वय गरेर अगाडि बढिरहेको छु । राजनीतिक कुरा गर्ने हो भने म एमालेबाट निर्वाचित प्रमुख हुँ । जम्मा ९ वटा वडामध्ये ५ वटा वडाको अध्यक्ष कांग्रेसको साथीहरु हुनुहुन्छ । तर उहाँहरुको भरपुर सहयोग छ । सबैले के बुझ्नु जरुरी छ भने, स्थानीयको तहको सरकार, यो सरकार सत्तापक्ष र प्रतिपक्षको होईन ।स्थानीय सरकारमा प्रतिपक्षी भन्ने हुँदैन । यो सबैसत्तापक्ष हो । नीतिगत निर्णय गर्ने कुरामा पनि ऐनले भरसक सहमति गर्नु, भरसक बहुमतका कुरा नलेख्नु, र सबै कुरा मिलाएर अन्तिममा केही गर्दा मिलेन भने प्रमुखल् जे भन्छ त्यही निर्णय लेख्नु भन्छ ।त्यसैले म ढुक्क छु यो ५ वर्ष एउटा आग्रह, पूर्वाग्रहबेगर अल्पमत र बुहमत नभनीकन साझा दस्तावेजका रुपमा यो नगरलाई अगाडि बढाउँछौं । हिलेसम्म कुनै विवाद छैन ।अल्पमत र बुहमतको कुरा छैन ।

विद्युतीय सरकारलाई व्यवस्थित गर्न के भइरहेको छ ?

हामीले साधन र श्रोतको हिसाबले तथा भौगोलिक विकटताले भर्खरै मात्र लैजाने क्रममा छौं । ९ वटै वडामा कम्प्युटरको व्यवस्थापन गरेर इन्टरनेट जडान गरिसकेका छौं । तर त्यसका लागि दक्ष जनशक्तिको अभावममा केही समस्या छ । तर थप तालिमको व्यवस्था गरेर कार्यानवयनमा जाँदैछौं । सबै कुरालाई व्यवास्थापन गरेर साउन १ देखि विद्युतीय सरकार सञ्चालन गर्र्ने सोंचका साथ अगाडि ढेका छौं ।

अबको ४ वर्षमा देउमाई नगरपालिका बस्तो हुन्छ भन्ने सपना देख्नुभएको छ ?

छोटोमा भन्दा अबको ४ वर्षभित्र देउमाई नगरपालिकाले काँचुली फेर्नेछ । समृद्ध नगर हुनेछ । सबै जनताले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, यातायात लगायतका सुविधाहरु पाएका हुनेछन् । समग्रमा यहाँका जनताहरु सुखी हुनेछन् । हाम्रो भिजन पनि त्यही छ र मोडेल पनि त्यही छ । हामी त्यही तरिकाले अगाडि जान्छौं ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार