वडा कार्यालयलाई २५ लाखको जग्गा दान

नयाँ बुलन्द

इलाम : इलामको देउमाई नगरपालिका १ मा एक स्थानियले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निशुल्क दान गरेका छन् ।

स्थानीय फत्तेप्रसाद दुलालले २५ लाख मुल्य पर्ने जग्गा आफ्नी स्वर्गीय हजुरबुबा, हजुरआमा र आमाको सम्झनामा दान गरेका हुन् ।

देउमाई नगरपालिका वडा नम्वर एक तपेवाका फत्तेप्रसादले स्वर्गीय हजुरबुबा डिल्लीराम, हजुरआमा रत्नमाया र आमा चन्द्रमाया दुलालको सम्झनामा सो मुल्य वराबरको जग्गा दान गरेका हुन् । स्थानिय क्षेत्रको विकासमा सहयोग पु¥याउने जग्गा दान गरेको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार