इलाममा जिप दुर्घटना, १२ जना घाइते

नयाँ बुलन्द

इलाम : झापाको बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे १ ज १९६ नम्बरको जिप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

रोङ्ग गाउँपालिका–१ को शिवाकोटी पाखामा ‘ब्रेकफेल’ भइ जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ ।प्रहरी ढिलो गरीमात्र घटनास्थल पुगेकाले घाइतेहरुको स्थानीयले नै उद्धार गरेको स्थानीय गुमानसिंह सुब्बाले जानकारी दिए ।उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल पठाइएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा रोङ १ की २१ वर्षिय सृजना घिमिरे, ३० वर्षिय किशोर न्यौपाने, २५ वर्षिय सोम आचार्य, ३६ वर्षिय बलराम ढकाल, ३० वर्षिय देवि उप्रेती, २८ वर्षिय यसोदा ढकाल र ५५ वर्षिय प्रेम गौतम काठमाण्डौकी २५ वर्षिय जुनिता ढकाल र ३५ वर्षिय शान्ता उप्रेती रहेका छन् र ठेगना नखुलेका गाडी चालक नविन विक रहेको र सवै जनाको उपचार विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भई रहेको साथै सवैको अवस्था सामान्य रहेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार